Siraha Times
ताजा समाचार

मेयर चौधरीद्वारा लहान–१ का शोकसन्तप्त परिवारलाई राहत सामग्री सहयोग

  • पुस २, २०८२
  • ६२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछि लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट राहत सामग्री लिएर शोकसन्तप्त परिवारको घरमै पुगेर सहयोग गरेका छन्। मेयर चौधरीले खाद्यान्न राहतअन्तर्गत चामल, दाल, नुन, तेल लगायतका आवश्यक सामग्री सहयोग गरेका हुन्।

यसअघि नथुनी सदाय बिरामी भएका बेला उपचारका लागि नगरपालिकाको तर्फबाट १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको थियो भने क्रियाखर्चका लागि थप ५ हजार रुपैयाँ सहयोग प्रदान गरिने जनाइएको छ। राहत सामग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष जुगल चौधरी, वडा सदस्य विमला, नेपाली कांग्रेसका नेता सन्तोष सुवेदी तथा स्थानीय दलित अगुवा सोनिया सदाय, नैनिलाल राम लगायतको उपस्थिति रहेको थियो। नगरपालिकाले विपन्न तथा शोकमा परेका परिवारलाई आवश्यक सहयोग निरन्तर प्रदान गर्दै आएको मेयर चौधरीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१