Siraha Times
ताजा समाचार

‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी, नेपालमा प्रवेश

  • पुस २, २०८२
  • ७३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाण्डाै मंसिर ०२ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन्। ‎ ‎बुधबार जसपा नेपालकाे केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा चौधरीले पार्टी प्रवेश गरेका हुन्। प्रवेश कार्यक्रममा अध्यक्ष यादवले चौधरीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे।

‎पार्टी प्रवेशपछि बोल्दै भरत चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रूपले अगाडि बढाउन जसपा नेपाल उपयुक्त राजनीतिक शक्ति भएको बताएका छन्। “मधेशी जनताको अधिकार, संघीयता र समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै अघि बढ्ने निर्णय गरेको हुँ,” उनले भने।

‎जसपा नेपालका नेताहरूले चौधरीको प्रवेशले मधेश प्रदेशमा पार्टीको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार अनुभवी र प्रभावशाली नेताको आगमनले आगामी राजनीतिक गतिविधि तथा निर्वाचनमा पार्टीलाई सकारात्मक ऊर्जा मिल्नेछ।

‎कार्यक्रममा जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशाेर यादव, सर्लाही जिल्ला अध्यक्ष रणधिर यादव, केन्द्रीय सदस्य पेशल ढकाल, कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव तथा बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन राय लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१