जसपा नेपाल सिरहा क्षेत्र नं. १ बाट सत्य नारायण यादवको एकल नाम सिफारिस

  • पुस १, २०८२
  • ५३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुस ०१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ। भेलाले आगामी निर्वाचनका लागि जसपा नेपालतर्फबाट प्रतिनिधिसभा सदस्य पदमा सत्य नारायण यादव लाई प्रत्यक्ष उम्मेदवारका रूपमा एकल नाम सिफारिस  गरेको छ।

भेला क्षेत्रीय तहका अगुवा, कार्यकर्ता तथा नेताहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो। भेलामा सहभागी वक्ताहरूले क्षेत्र नं. १ मा संगठन सुदृढीकरण, जनसमस्याको समाधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार अधिकार सुनिश्चित गर्न सत्य नारायण यादव उपयुक्त र अनुभवी नेतृत्व भएको धारणा व्यक्त गरे।

कार्यकर्ताहरूले सत्य नारायण यादवले विगतदेखि नै सामाजिक न्याय, समावेशी राजनीति, किसान, मजदुर, युवा तथा पिछडिएका वर्गको हकहितका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे। उहाँको राजनीतिक अनुभव, जनसम्पर्क र स्पष्ट विचारधाराका कारण क्षेत्र नं. १ मा जसपा नेपालको जित सुनिश्चित हुने विश्वास समेत व्यक्त गरिएको छ।

भेलामा पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई घरघरमा पुर्‍याउँदै संगठन विस्तार गर्ने निर्णय पनि गरिएको छ। साथै, आगामी निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ताहरूलाई एकताबद्ध भई पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा लाग्न आह्वान गरिएको छ।

भेलाको अन्त्यमा सहभागी सम्पूर्ण कार्यकर्ताहरूले जसपा नेपालले अघि सारेको सामाजिक न्याय, पहिचान र सुशासनको एजेन्डालाई मजबुत बनाउँदै क्षेत्र नं. १ मा पार्टीलाई पहिलो शक्ति बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सुरुङ्गामा ३ दिने नि ...

रहमुल,लहान १ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगम ...

लहान रा.उ.अस्पताल जग ...

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पता ...

जसपा नेपाल क्षेत्रीय ...

ओम प्रकाश यादव लहान मंसिर २९ । जनता समाजवादी पार्टी सिरहा जिल्लाका मेहिनेती नेता रामु महतो क्षेत्रीय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१