Siraha Times
ताजा समाचार

सुरुङ खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक जना घाइते

  • मंसिर २८, २०८२
  • ८१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, मंसिर २८ । जिल्ला सप्तरीको कञ्चरुप नगरपालिका–११ बक्साहा टोलमा सुरुङ खन्ने क्रममा माटोको ढिस्को खस्दा एक जना व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा कञ्चरुप नगरपालिका–११ बक्साहा टोल बस्ने अन्दाजी ५५ वर्षका दिलिप रेग्मी रहेका छन्। स्थानीय स्रोतका अनुसार रेग्मी घर लिप्नका लागि माटो लिन गएका थिए। सो क्रममा उनले सुरुङ भित्र पसी माटो खन्दै गर्दा अचानक सुरुङको माथिबाट माटोको ठूलो ढिस्को खसेर उनलाई च्यापेको थियो।

माटोको ढिस्कोले च्यापिएपछि रेग्मीले चिच्याएको आवाज सुनेर वरपरका स्थानीय बासिन्दाले घटना देखी तत्काल उद्धार प्रयास सुरु गरेका थिए। साथै, स्थानीयहरूले इलाका प्रहरी कार्यालय ठेलिया, सप्तरीमा घटनाबारे जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठेलिया र कञ्चनपुर, सप्तरीबाट तथा सशस्त्र प्रहरी बल बेस क्याम्प सितापुर, सप्तरीबाट संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोली र स्थानीयवासीको सहयोगमा कोदालो प्रयोग गरी माटो खनी रेग्मीलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो। उद्धार पश्चात् घाइते रेग्मीलाई तत्काल उपचारका लागि धर्मेश्वर अस्पताल, ठेलिया, सप्तरीमा पठाइएको थियो। अस्पताल स्रोतका अनुसार उनको उपचार भइरहेको छ र हाल अवस्था सामान्य रहेको जनाइएको छ। घटनापछि सुरुङ खन्ने क्रममा अपनाउनुपर्ने सुरक्षा सावधानीबारे स्थानीय स्तरमा चासो बढेको छ। प्रहरीले यस्ता जोखिमपूर्ण कार्य गर्दा आवश्यक सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१