सिरहामा डाका मुद्दामा फरार प्रतिवादी पक्राउ

  • साउन २०, २०७६
  • ७५६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो सिरहा ,श्रावण १९ । सिरहाबाट फरार प्रतिवादीको रुपमा रहेका सिरहाको बिष्णु पुर गाउँ पालिका -३ राजपुरका २० बर्षिय रुपेश कुमार यादव लाई प्रहरीले पक्राउ गरेका छन । डाका मुद्दा परेका यादव बिगत केहि दिन देखि छिमेकी मुलुक भारतमा लुकिछिपी बस्दै आएको थिए । डाका मुद्दामा केही दिनदेखि फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको नेपाल प्रहरीको टोलीले सूचनाको आधारमा पक्राउ गरेका छन । फरार रहेका यादवलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुर प्रहरीको गस्ती टोलीले बिष्णुपुरगाउँ पालिका -३ राजपुरबाट पक्राउ गरेरको हो । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१