Siraha Times
ताजा समाचार

लहान उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप गुप्ताको उम्मेदवारी घोषणा

  • मंसिर २३, २०८२
  • ९६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लाहान, मंसिर २३ । आगामी पुष ५ गते हुने जिल्ला उद्योग वाणिज्य संघ, लहानको अधिवेशनलाई लक्षित गर्दै प्रदीप गुप्ताले संघको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। विभिन्न सामाजिक तथा व्यावसायिक संघ–संस्थामा लामो समयदेखि उत्कृष्ट नेतृत्व प्रदान गर्दै आएका गुप्ता अब उद्योग–व्यवसाय क्षेत्रलाई इमान्दारिता, पारदर्शिता, उत्तरदायित्व र दीर्घकालीन सुधारको मार्गदर्शनमा अघि बढाउने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रनुभएको हो।

लहान–७ निवासी गुप्ताको दृष्टि, अनुभव र समर्पण नै वर्तमान समयमा औद्योगिक क्षेत्रका लागि अत्यन्त आवश्यक रहेको उहाँका समर्थकहरूको भनाइ छ। उहाँले लहान क्षेत्रको उद्योग–व्यवसायलाई आधुनिक, सक्षम, समावेशी र प्रतिस्पर्धी संरचनामा रुपान्तरण गर्ने लक्ष्य अघि सार्नुभएको छ। अध्यक्ष पदका उम्मेदवार गुप्ताले सम्पूर्ण उद्योगी–व्यवसायी महानुभावहरूलाई मत, साथ–समर्थन र शुभ–आशीर्वाद प्रदान गर्न आग्रह गर्दै संघलाई सुधार, पारदर्शिता तथा नीतिगत स्थिरताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। साथै, उहाँले आफ्नो अभियानको मुख्य नारा “परिवर्तनको बाटो — पारदर्शी नेतृत्वको साथ, लहान उद्योग–व्यवसायको भविष्य — प्रदीप गुप्ताको हात” सार्वजनिक गर्दै सबैलाई सहयोग र सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१