Siraha Times
ताजा समाचार

लहान–९ का महिला समूह नयाँ भवनमा विधिपूर्वक प्रवेश

  • मंसिर २२, २०८२
  • ७०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान, २२ मंसिर । स्वावलम्बन लघुवित्त र महुली लघुवित्तद्वारा संयुक्त रूपमा संचालित लहान–९ का महिला समूहहरूले आजबाट नव–निर्मित भवनमा विधिपूर्वक प्रवेश गरेका छन्। नयाँ भवन निर्माणपछि पहिलोपटक औपचारिक रूपमा प्रवेश समारोह आयोजना गरिएको हो।

उद्घाटन समारोहका प्रमुख आतिथिका रूपमा उपस्थित वडाध्यक्ष घुरण थारुले भवन महिला समूहहरूको आर्थिक, सामाजिक तथा वैचारिक सशक्तिकरणका लागि ‘कर्मथलो’ बन्ने विश्वास व्यक्त गरे। उनले ग्रामीण महिलाको क्षमता विकास, तालिम, बैठक तथा आर्थिक क्रियाकलाप सञ्चालनमा यस भवनले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

वडाध्यक्ष थारुले भवन निर्माणसँगै अब महिला समूहहरूको पहुँच, सहभागिता र आय–आर्जन आधारित कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै स्थानीय विकासका हरेक गतिविधिमा महिलाको सक्रिय उपस्थितिले वडालाई समृद्ध बनाउन मद्दत गर्ने धारणा राखे।

नव–निर्मित भवन महिलाहरूले आफ्नो योजना, बचत–ऋण गतिविधि तथा विभिन्न सामुदायिक कार्यक्रम सञ्चालन गर्ने साझा केन्द्रका रूपमा उपयोग हुने बताइएको छ। महिला समूहका सदस्यहरूले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ सशक्त रूपमा गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१