कपिलवस्तु, मंसिर २२। जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको नेतृत्वमा अकरम पठान चयन भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाको सिद्धार्थ रिसोर्ट चन्द्रौटामा शनिवार भएको पार्टी पुनर्गठन कार्यक्रम द्उवारा उनी चयन भएका थिए ।
अकरम पठानको नेतृत्वमा ४९ सदस्यीय लुम्बिनी प्रदेश समितिको उपाध्यक्षमा नेत्रबहादुर थापा, मोहम्मद असलम अन्सारी र लालिमा मल्ल चयन भएका छन् । मुख्य सचिवमा विवेक चन्द्र मिश्र, सचिवमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्षमा मोहम्मद कादरीले जिम्मेवारी पाएको जसपाले जनाएको छ ।
यसैबिच केन्द्रीय अध्यक्ष अशोक कुमार राईले आगामी चुनावमा सुशासनलाई मुख्य एजेन्डा बनाइने बताए । जेनजीको भावना समेटिएको आधुनिक, समावेशी र परिवर्तनमुखी घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको उनले बताए । उनले जसपा, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी एकीकृत रूपमा ‘जातो’ चुनाव चिन्ह लिएर जाने निर्णयलाई संस्थागत गरिएको अध्यक्ष राईले बताए ।
नवनिर्वाचित अध्यक्ष अकरम पठानले युवा पुस्ताले चाहना गरेको सुशासन, पारदर्शिता र जबाफदेहिताको मूल्य बोधलाई आधार बनाएर सङ्गठनलाई नयाँ राजनीतिक दिशामा अघि बढाइने प्रतिबद्धता समेत जनाए । सहभागितामूलक निर्णय प्रक्रिया, डिजिटल पारदर्शिता र जनतासँग प्रत्यक्ष संवादमार्फत पार्टीलाई थप सशक्त बनाएर अगाडि बढ्ने बताए।
प्रतिक्रिया दिनुहोस
‘घर–घरको शान’ अभियान अन्तर्गत लहान–२ मा स्वच्छता प्रवद्र्धनका लागि सडक नाटक तथा स्वच्छता र्याली सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic