ताजा समाचार

खेतमा पशुपति नाथ र नन्दी निस्केपछि हेर्नेहरुको भिड

  • साउन १६, २०७६
  • २३५५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

साउन १६ । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ९ बैशखामा रहेको लाठी बौकी देवी थान नजिक एक किसानको धान खेतमा पशुपति नाथ र नन्दी (बशहा बैल ) , को आकृति भएको मुर्ती निस्केपछि हेर्नेको भिड लागको छ । सुखीपुर नगरपालिका वडा नम्बर ८ का छेदी गुप्ताको खेतमा यस्तो पशुपति नाथ र नन्दी ( बशहा बैल ) आकृतिको मुर्ती आज निस्केपछि छिमेकी गाउँका मान्छेहरुले पनि हेर्न आउन थालेपछि  भिडले मेला लागियो । खेतमा धान रोपिएको थियो । धान खेतमा स्थानीय जितन मण्डलले मुर्तीको अलि निस्केको आकृती देखेपछि गाउँलेहरुलाई खबर गरे । खबर पाएपछि वडा अध्यक्ष रमेश ठाकुर पनि आयो । त्यसपछि माटो हटाउन लागाएपछि लगभग १ फिट पशुपति नाथको मुर्ती र ९ ईन्चको नन्दी ( बसहा बैल ) रहेको स्थानीय नेकपाका नेता राम भरोष साहले बताउनुभयो । उहाँले भन्नुभयो – अहिले पशुपति नाथको मुर्ती हेर्न दर्शालुहरुको भिड लागकोको । मुर्ती निस्केको खेतमा विभिन्न प्रकारको सुगन्धीत वास्नाहरु आउने गरेका छन् । यो साचिकै धर्तीबाट निस्केको हो की कसैले राखेको हो यसको प्रमाणित पुरातत्व विभाग जाँच अनुसन्धान गरेपछि मात्रै थहा पाउन सकिने साईन्सका विद्यार्थी अशोक साहले जानकारी गराउनुभयो । यो समाचार मधेश स्पेशलबाट लिएको हो जस्ताको तेस्तै  

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤