खेतमा पशुपति नाथ र नन्दी निस्केपछि हेर्नेहरुको भिड

  • साउन १६, २०७६
  • २१४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

साउन १६ । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ९ बैशखामा रहेको लाठी बौकी देवी थान नजिक एक किसानको धान खेतमा पशुपति नाथ र नन्दी (बशहा बैल ) , को आकृति भएको मुर्ती निस्केपछि हेर्नेको भिड लागको छ । सुखीपुर नगरपालिका वडा नम्बर ८ का छेदी गुप्ताको खेतमा यस्तो पशुपति नाथ र नन्दी ( बशहा बैल ) आकृतिको मुर्ती आज निस्केपछि छिमेकी गाउँका मान्छेहरुले पनि हेर्न आउन थालेपछि  भिडले मेला लागियो । खेतमा धान रोपिएको थियो । धान खेतमा स्थानीय जितन मण्डलले मुर्तीको अलि निस्केको आकृती देखेपछि गाउँलेहरुलाई खबर गरे । खबर पाएपछि वडा अध्यक्ष रमेश ठाकुर पनि आयो । त्यसपछि माटो हटाउन लागाएपछि लगभग १ फिट पशुपति नाथको मुर्ती र ९ ईन्चको नन्दी ( बसहा बैल ) रहेको स्थानीय नेकपाका नेता राम भरोष साहले बताउनुभयो । उहाँले भन्नुभयो – अहिले पशुपति नाथको मुर्ती हेर्न दर्शालुहरुको भिड लागकोको । मुर्ती निस्केको खेतमा विभिन्न प्रकारको सुगन्धीत वास्नाहरु आउने गरेका छन् । यो साचिकै धर्तीबाट निस्केको हो की कसैले राखेको हो यसको प्रमाणित पुरातत्व विभाग जाँच अनुसन्धान गरेपछि मात्रै थहा पाउन सकिने साईन्सका विद्यार्थी अशोक साहले जानकारी गराउनुभयो । यो समाचार मधेश स्पेशलबाट लिएको हो जस्ताको तेस्तै  

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिकामा ...

ओम प्रकाश यादव  लहान, १७ असोज । सिरहाको धनगढीमाई नगरपालिका–४ मा दाजुभाइबीच १९ वर्षसम्म अं ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , असोज १७ । कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा ...

लहानमा EV को ठक्करबा ...

ओम प्रकाश यादव, लहान असोज १५ । आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। लहान नगरपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१