रौतहट जिल्लामा रहेका बाढी पीडितलाई मिस्टर र मिस थारु टिमले राह्त वितरण गरेका छन्

  • साउन १२, २०७६
  • ८३९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

रौतहट , ११ श्रावण। अरिवल वर्षाको कारण आएको बाढी र पहिरो बिनासमा रौतहट जिल्ला फटुहा नगरपालिका वडा नम्बर ०८ का १५० घरधुरी परिवारलाई जह इनटरटेनमेन्ट र याक इभेन्टसको संयुक्त आयोजनामा मिस्टर र मिस थारु टिम सहित राहत वितरण गरेका छन् । एक्दमै दुर्गम ठाउँमा राहत वितरणको लागि गएको टिम लाई स्थानीय वासीले स्वागत गर्नु भएको थियो । हामी यो संसारलाई राम्रो ठाउँ बनाऊ, जहाँ एकआपसमा खाचो परेका बैला पीडित ठाँउमा आवश्यक परेको बैला एकअर्कालाई सहयोग र हेरचाह गराैं सन्देश मिस्टर थारु 2018 रबिन चौधरीले दिदै राहत वितरण कार्यक्रम अगाडी बढाएको थियो । मिस्टर थारु टिमकै हरि शंकर चौधरीको गाउँ भएर राहत वितरण कार्यक्रम गर्न अझ सहज भएको जह इन्टरटेनमेन्टका व्यवस्थापन रुपेश चौधरीले जानकारी दिनु भयो ।

अरिवल बर्षाका कारण आएको रौतहट जिल्ला पतुहा नगरपालिका - ८ बिजयपुर मा नदिको बाध फुटदा त्यो गाउँमा मोटामोठी १५० घरमा धनजनको क्षयति भएको थियो। बाढि पीडितलाई फाबरिक म्याट, टर्च, साबुन, फस्ट एडका सामान, टुथ पेस्ट/ ब्रस, जीवन जल, मछर धुप, सनिटरि प्याड, लाईटर, १बोरा चिउरा, चाउचाउ, बिस्कुट, चक्लेट लगायतका सामाग्री वितरण गरिएको हो। राहत बितरणको लागि जह इन्टरटेनमेन्टका रुपेश चौधरी र आशिष राई रहेको थियो भने याक इभेन्टसका जयश चौधरी, जीवन चौधरी र माले कुमार चौधरी रहेको थियो । त्यसैगरि नेपालको विभिन्न ठाँउबाट रहेका मिस्टर र मिस थारु २०१८ टिमबाट रबिन चौधरी , नितेश चौधरी , अभिषेक महतो , शृस्टी चौधरी, उर्मिला चौधरी र सुनिता महतो रहेको थियो।

सहयोगीहरुलाई धन्यबाद दिदै याक इभेन्टसका व्यवस्थापन जयश चौधरीले वातावरणीय प्राभाव बाट आपत विपत परेको बैला हामी युवा र नेपाली समाज सक्रिय भइ सहयोग गर्नुपर्छ भन्दै स्थानीयबाट बिदा लिएको थियो । बारा र पर्सामा हावाहुरी आउँदा प्रभावितलाई मिस्टर र मिस थारु टिमले स्वाथ्य शिविर र राहत वितरण गरेका थियो ।

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१