Siraha Times
ताजा समाचार

घर–घरको शान, स्वच्छता अभियान–२०८२ : लहानमा १७ प्रतिशत घरपरिवार अझै शौचालयविहीन

  • मंसिर २, २०८२
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २ मङ्सिर । लहान नगरपालिकाले दिगो सरसफाइ प्रवर्द्धनका उद्देश्यले ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ औपचारिक रूपमा सुरु गरेको छ। नगरपालिकाले सोमबार पत्रकार सम्मेलनमार्फत अभियानको प्रारम्भसँगै नगरभित्र अझै ठूलो संख्यामा शौचालयविहीन घरपरिवार रहेको तथ्य सार्वजनिक गरेको हो।

नगरपालिकाको ताजा सर्वेक्षणअनुसार २४ हजार ७ सय घरपरिवारमध्ये करिब १७ प्रतिशत अर्थात् ४ हजार २ सय घरपरिवारमा अहिले पनि शौचालयको अभाव रहेको छ। यो तथ्याङ्क सार्वजनिक गर्दै नगर प्रमुख महेशप्रसाद चौधरीले स्वच्छतासम्बन्धी चुनौती नगरमा झनै गम्भीर बन्दै गएको बताउनुभयो।

“२०१७ मै खुला दिसामुक्त घोषणा भइसकेको नगरमा आज पनि यति धेरै घरपरिवार शौचालयविहीन हुनु चिन्ताजनक अवस्था हो। अब घर–घर पुगेर वास्तविक अवस्था परिवर्तन गर्ने बेला आएको छ,” नगरप्रमुख चौधरीले बताउनुभयो।नगरका दलित, भूमिहीन, गरिब तथा बाढी–जोखिमयुक्त बस्तीहरूमा शौचालयको अभाव बढी देखिएको नगरपालिकाले जनाएको छ। दिसाजन्य लेदो प्रशोधन केन्द्रको अभाव, सुरक्षित पानीको कमी र मर्मत–सम्भारको कमजोर व्यवस्थापनका कारण समग्र स्वच्छतास्तर कमजोर भएको प्रारम्भिक विश्लेषणले देखाएको छ।

स्वच्छता अभावसँगै देखा परेको जोखिम न्यूनिकरणका लागि भूमिहीन सुकुम्बासी परिवारलाई उपयुक्त स्थान पहिचान गरी स्थानान्तरण प्रक्रिया अघि बढाइने पनि नगरप्रमुख चौधरीले जानकारी दिनुभयो। तीन महिनासम्म विशेष अभियान सञ्चालन गर्ने नगरपालिकाले जनप्रतिनिधि, सामाजिक परिचालक, सामुदायिक संस्था, विद्यालय तथा युवा समूहसँग सहकार्य गरी घर–घरमै पुगेर प्रत्यक्ष अनुगमन गर्ने तयारी गरेको छ।  नगरप्रमुख चौधरीले सर्वसाधारणलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै भने, “शौचालय हुनु केवल सुविधा मात्र होइन, स्वास्थ्य र सम्मान दुवै हो। स्वच्छता सुधार नगरवासीकै सामूहिक प्रयासबाट सम्भव हुन्छ।” स्वच्छता अभिवृद्धि र दिगो नगर विकासतर्फ लहान नगरपालिकाको यो अभियान महत्वपूर्ण कदम मानिएको छ।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१