लहानको लिटिल स्टार विद्यालय : जेपी सरको नेतृत्वमा शैक्षिक क्षेत्रमा उदाहरणीय सफलता

  • मंसिर २, २०८२
  • ४१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मङ्सिर २ । संस्थापक तथा प्रिन्सिपल जय प्रकाश चौधरी (जेपी सर) को नेतृत्वमा स्थापित लहानस्थित लिटिल स्टार विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा नयाँ इतिहास रच्दै आएको छ । उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन, संस्कार र आत्मबल विकासलाई प्राथमिकतामा राख्दै विद्यालयले लामो समयदेखि गुणस्तरीय शिक्षाको नयाँ पहिचान बनाएको छ ।

चार विद्यार्थी एमबीबीएस छात्रवृत्तिमा सफल विद्यालयले पुनः एक पटक आफ्नो क्षमता प्रमाणित गर्दै हालै एमबीबीएस छात्रवृत्तिमा चारजना विद्यार्थीको नाम निकाल्न सफल भएको छ । प्रिन्सिपल चौधरीका अनुसार छात्रवृत्ति प्राप्त गर्नेमा— अभिशेक यादव विवेक यादव रञ्जित राम निरन्जन यादव रहेका छन् । विशेषतः रञ्जित राम, जो दलित समुदायबाट आएका हुन्, प्रतिस्पर्धात्मक रूपमा खुला कोटाबाट नै चयन हुन सफल भएका छन् । उनलाई यसअघि सप्तरीको सुरुङ्गा नगरपालिकाले सम्मान समेत गरेको उल्लेख गरिएको छ ।

हालका वर्षमा लहान र आसपासका क्षेत्रहरूमा शैक्षिक संस्थाहरू गुणस्तरीयताको नयाँ उचाइमा पुगेका छन् । लिटिल स्टारबाट अध्ययन गरेका विद्यार्थीहरूले नेपाल राष्ट्र बैंकको डिपुटी म्यानेजरदेखि अमेरिका पुगेका पीएचडी विद्वानसम्म जन्मिएका छन् । यसबाट “इच्छाशक्ति भए सफल हुन कसैले रोक्न सक्दैन” भन्ने भनाईलाई विद्यालयका उत्पादित जनशक्तिले वास्तविकतामा उतारेका छन् ।

प्रिन्सिपल चौधरीका अनुसार विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीलाई १६ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल विद्यालयमा करिब १६०० विद्यार्थी अध्ययनरत छन् भने ११३ जना स्टाफ सेवा दिइरहेका छन् । गत वर्षको एसइईमा प्राप्त १०० प्रतिशत नतिजा विद्यालयको उन्नत व्यवस्थापन र शैक्षिक गुणस्तरको ठोस प्रमाण मानिन्छ ।

विद्यालयमा हाल प्लस–टु तहसम्म अध्ययन गराइँदै आएको छ, जसमा विज्ञान र व्यवस्थापन दुई संकाय सञ्चालनमा छन् । विद्यालयको उद्देश्य, विद्यार्थीलाई सैद्धान्तिक तथा व्यावहारिक दुवै क्षेत्रमा सक्षम बनाउने रहेको छ । “शिक्षा यस्तो शक्ति हो जसले सपना देख्न सिकाउँछ र ती सपना पूरा गर्न आत्मबल प्रदान गर्छ । हाम्रो लक्ष्य—हरेक विद्यार्थीलाई समान अवसर दिएर उज्जवल भविष्यका लागि तयार पार्नु हो ।” लहानको शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निभाइरहेको लिटिल स्टार विद्यालय आज उत्कृष्टता, समर्पण र अनुशासनको परिचय बनेर उभिएको छ ।

प्रतिक्रिया दिनुहोस

विमलेन्द्र निधिमाथि ...

रहमुल लहान २३ पुस । हिजो पार्टीको मुख्य कार्यालयमा नेपाली कांग्रेसका सम्मानित नेता विमलेन्द्र निधिमा ...

भगवानपुरमा ४ दिने एक ...

रहमुल, लहान २३ पुष ।“सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने मूल नाराका साथ कि ...

गाउँपालिकाद्वारा सवा ...

ओम प्रकाश यादव लहान पुष २३ । भगवानपुर गाउँपालिकाले सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका स्थानीय अर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१