Siraha Times
ताजा समाचार

अभिभावक कार्ड लागू भए पछि बि.व्य.स.गठन गर्न सहज हुने

  • मंसिर २, २०८२
  • ६३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १ मंसिर । सिरहाको सखुवानन्कारकट्टी–४, सिमराहामा अभिभावक कार्ड वितरणसँगै आधारभूत विद्यालय सिमराहा (बि.व्य.स.) मा विद्यालय व्यवस्थापन समिति (विव्यस) चयन प्रक्रियामा सर्वसहमति कायम भएको छ। जिल्ला समन्वय इकाईको निगरानी तथा स्थानीय अभिभावकहरूको सहभागितामा गरिएको चयन प्रक्रिया शिक्षा प्रमुख भोगेन्द्र यादवको रोहवरमा सम्पन्न भएको हो।

अभिभावक कार्ड उपलब्ध भएपछि गैर–अभिभावक पक्षको कुनै हस्तक्षेप हुन नपाएको विद्यालय स्रोतले जनाएको छ। यसले समिती गठन प्रक्रियालाई पारदर्शी र सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीय अभिभावकहरूको भनाइ छ। समितिमा हाल चार जना सदस्यहरु निर्मला कुमारी पासवान,विशेश्वर प्रसाद यादव,गीता कुमारी मंडल खङ र पवित्री देवी यादव सर्वसहमतिले चयन भइसकेका छन् भने बाँकी दुई सदस्य चाँडै मनोनयन गर्ने तयारी गरिएको छ। अभिभावक कार्डमा आधारित यस्तो विधिले अन्य वडाहरूमा पनि समिति गठन गर्न सहज हुने भएकाले सखुवानन्कारकट्टी गाउँपालिका भित्र यही प्रक्रियालाई अपनाउन स्थानीय बासिन्दाले माग गरेका छन्।

विद्यालय तथा अभिभावक दुबै पक्षले यसलाई संस्थागत सुशासनतर्फको सकारात्मक कदमका रूपमा लिएका छन्। एउटा फुसको घर बाट पोखरीको डिलमा एक कक्षा शुरू भएको विद्यालयमा सुविधा सम्पन्न भौतिक संरचना तैयार भई आठ कक्षा सञ्चालन भइरहेको अवस्था छ। विगत ६/७ बर्ष अगाडी यो विद्यालयको अवस्था जडजड थियो तर तत्कालीन प्र. अ. विद्यानन्द यादवको मेहेनतले विद्यालयको मुहार फेरियो हालको प्र. अ. हरिभक्त यादव नेतृत्वको शिक्षक टिमको मेहेनतले विद्यालय र विधार्थीहरुमा निकै सुधार भएको देखिन्छ र उक्त विद्यालयमा अंग्रेजी माध्यम बाट पठन पाठन समेत भइरहेको अवस्था छ।

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१