शरिर बन्धकमा लिई ४० लाख फिरौती मागेको घटनामा संलग्न ४ जना पक्राउ:-

  • साउन ८, २०७६
  • १९६३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिर्तामोड, झापा साउन ८। जिल्ला झापा बिर्तामोड न.पा.वडा नं.४ मा व्यवसाय गरी वस्ने एक व्यवसायीलाई अपरिचित जोया खान नाम वताउने केटीले मिति २०७६।३।२८ गते देखि इमो र मोवाईल फोनवाट नियमित रुपमा सम्पर्क गर्ने गरेकोमा निज केटीले निज पीडितलाई मिति २०७६।०४।०१ गते बेलुकी १९∶३० बजेको समयमा जिल्ला झापा बिर्तामोड न.पा.वडा नं.४ स्थित कूमारी बैंक छेउमा भेटन वोलाएकोमा निज उक्त स्थानमा गई निज युवती जया खान नाम बताउने केटीलाई भेटे पश्चात निजले आफ्नो साथीको कोठामा जाउ भनी कूमारी बैंकको छेउ गल्ली भित्रको घरको माथी कोठामा लगि राती २२∶०० बजेको समयमा कोठामा बसेको बेलामा अपरचित मानिसहरु २/३ जना आई हतियार देखाई नियन्त्रणमा लिई कुटपिट समेत गरी कोठामा निजलाई कपडा खोल्न लगाई नांगै बनाई भिडियो खिचि सो भिडियोलाई सामाजिक सञ्जालमा हाली भाइरल बनाई दिन्छु भनि धम्की दिई रु. ४०,००,०००।- (चालिस लाख ) श्रावण ५ गतेसम्म दिने शर्त राखी फिरौती मागी सो फिरौती रकम नदिए ज्यान मार्ने धम्की समेत दिई निज केटीलाई निजहरुले नै छाडी दिए पश्चात निजहरुले पिडितलाई पीडितको चिनजानको साथी मेराज खानको रोहवरमा मुक्त गरि दिएको । मुक्त गरेको दिनदेखि नै दैनिक रुपमा विभिन्न मोवाइल नं. बाट फोन गरी पैसा नदिएमा ज्यान मार्ने धम्की दिदै आएको । पिडितले मिति २०७६।४।३ गते प्रहरीलाई उक्त घटनाको वारेमा लिखित उजुरी दिएकोमा निजहरुलाई १ नं.प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह (RIT), जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले मिति २०७६।४।५ गते चारालीबाट पक्राउ गरी सम्मानित झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अन्य अनुसन्धान भइरहेको ।

पक्राउ व्यक्तिहरुको विवरणः

१. जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. ४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने वर्ष २९को मेराज खान (मामा भाञ्जा ग्यारेजको संचालक ) । 
२. जिल्ला ईलाम फाकफोकथुम गा.पा.वडा नं. १ घर भइ हाल जिल्ला झापा बिर्तामोड न.पा.वडा नं.२ चारपाने बस्ने बर्ष २० की रितु फियाक लिम्वु । 
३. जिल्ला झापा बिर्तामोड न.पा.वडा नं.४ बस्ने सुजन बि.क.(निजले भारत दार्जिलिङ्ग जिल्लाबाट सञ्जु क्षेत्री नामबाट आधार कार्ड समेत बनाएको) 
४. भारत किसनगञ्ज घर भई जिल्ला झापा बिर्तामोड न.पा.वडा नं.४ मा वर्ष २५ को प्रकाश दास (मेराज खानको मामा भाञ्जा ग्यारेजमा काम गर्ने कामदार ) ।

वरामद चिजवस्तुहरुः

बा.१५ च ७३३९ नम्वरको कार-१, स्कुफ लेखिएको १०० मि.लि. को शिलप्याक बोतल थान-३, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की, निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको र कालो प्लाष्टीकको पेस्तोल जस्तो देखिने बस्तु थान -१ ।

Image may contain: car and outdoor

No photo description available.

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१