धनुषामा बिपी स्मृति दिवसमा वृक्षारोपण

  • साउन ६, २०७६
  • ९७९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

श्रावण ६ गते नेपाली कांग्रेसका संस्थापक नेता, पहिलो जन निर्बाचित प्रधानमन्त्री, नेपाली राजनितीक ईतिहासका एक कुशल नेतृत्वकर्ता, जननायक, महामानव स्व. बिपी कोइरालाको ३७ औं स्मृती दिवस धनुषामा मनाईएको छ । स्मृति दिवसको अवसरमा नगराईन नगरपालिका वडा नं. २ स्थित शहिद दुर्गानन्द झा निर्माणाधिन अस्पतालको कमपाउण्डमा बृक्षारोपण गरिएको छ । अस्पतालको प्रांगनमा अमला , सपाटुर , टिक , सहितका विभिन्न प्रजातिका दर्जनौं रुखहरु लगाईएको छ । नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिनीधि सभा सदस्य स्मृति नारायण चौधरी , नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादव , नेपाली कांग्रेसका धनुषा सचिव विशेश्वर यादव , क्षेत्रिय सभापति कन्हैया कर्ण , नगराईन नगरपालिकाका नगर प्रमुख परमेश्वर यादव , किशोरी साह , गणेश तिवारी , जनकपु्रधाम नगरकमिटि अध्यक्ष मनोज साह , नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रवेश चौधरी , महिला नेतृ अनिता श्रीवास्तव , मिनु झा , सम्झना वर्मा , गणेश झा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वतmाहरुले सबैले बिपीको मेलमिलापको नीतिलाई काँग्रेसले पालना गर्नुपर्नेमा जोड दिएका थिए । कोइरालाका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’ र ‘बाबु, आमा र छोरा’ उपन्यास तथा दोषी चश्मा र श्वेतभैरवी जस्ता कथा संग्रहरु साथै ‘आफ्नो कथा’ र ‘जेल जर्नल’ जीवनीमूलक कृतिहरु प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१