ताजा समाचार

धनुषामा बिपी स्मृति दिवसमा वृक्षारोपण

  • साउन ६, २०७६
  • १०६४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

श्रावण ६ गते नेपाली कांग्रेसका संस्थापक नेता, पहिलो जन निर्बाचित प्रधानमन्त्री, नेपाली राजनितीक ईतिहासका एक कुशल नेतृत्वकर्ता, जननायक, महामानव स्व. बिपी कोइरालाको ३७ औं स्मृती दिवस धनुषामा मनाईएको छ । स्मृति दिवसको अवसरमा नगराईन नगरपालिका वडा नं. २ स्थित शहिद दुर्गानन्द झा निर्माणाधिन अस्पतालको कमपाउण्डमा बृक्षारोपण गरिएको छ । अस्पतालको प्रांगनमा अमला , सपाटुर , टिक , सहितका विभिन्न प्रजातिका दर्जनौं रुखहरु लगाईएको छ । नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिनीधि सभा सदस्य स्मृति नारायण चौधरी , नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादव , नेपाली कांग्रेसका धनुषा सचिव विशेश्वर यादव , क्षेत्रिय सभापति कन्हैया कर्ण , नगराईन नगरपालिकाका नगर प्रमुख परमेश्वर यादव , किशोरी साह , गणेश तिवारी , जनकपु्रधाम नगरकमिटि अध्यक्ष मनोज साह , नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रवेश चौधरी , महिला नेतृ अनिता श्रीवास्तव , मिनु झा , सम्झना वर्मा , गणेश झा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वतmाहरुले सबैले बिपीको मेलमिलापको नीतिलाई काँग्रेसले पालना गर्नुपर्नेमा जोड दिएका थिए । कोइरालाका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’ र ‘बाबु, आमा र छोरा’ उपन्यास तथा दोषी चश्मा र श्वेतभैरवी जस्ता कथा संग्रहरु साथै ‘आफ्नो कथा’ र ‘जेल जर्नल’ जीवनीमूलक कृतिहरु प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤