पारस मल्टी स्पेसियालिटी हस्पिटल विराटनगरद्वारा दशैंको शुभकामना आदानप्रदान

  • असोज १२, २०८२
  • ९७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान १२ असोज । विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा पारस मल्टी स्पेसियालिटी हस्पिटल विराटनगरले आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई दशैं बोनस वितरण गर्दै चाडपर्वको शुभकामना आदानप्रदान गरेको छ। अस्पतालका सञ्चालक अध्यक्ष डा. सफिऊर रहमानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कर्मचारीहरूको प्रगति, योगदान र भविष्यमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको थियो।

May be an image of 3 people and violin

कार्यक्रममा बोल्दै अध्यक्ष डा. रहमानले अस्पताल कर्मचारीहरू संस्थाको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँहरूको निरन्तरको समर्पणले अस्पताललाई प्रदेश नं. १ को उत्कृष्ट स्वास्थ्य संस्थामध्ये एक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले चाडपर्वले ल्याउने एकताको सन्देशलाई आत्मसात गर्दै आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र समर्पित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

May be an image of 10 people and hospital

यस अवसरमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले संस्थाले विगत वर्षमा गरेका कार्य, सेवा विस्तार र उपलब्धिहरूको विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। उहाँले भविष्यमा थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीहरूको योगदानप्रति आभार प्रकट गर्नुभयो। कार्यक्रमको विशेषतामध्ये, हालैको "जेन जी" आन्दोलनमा घाइते भएका युवा–युवतीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहिद भएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। अस्पतालले समाजप्रति उत्तरदायी स्वास्थ्य संस्था भएको सन्देश दिन यसलाई महत्वपूर्ण अवसरका रूपमा लिएको स्पष्ट गरिएको थियो।

May be an image of 5 people

दर्जनौँ पत्रकारको उपस्थिति रहेको कार्यक्रममा विभिन्न विशेषज्ञ चिकित्सकहरूले समेत शुभकामना मन्तव्य राखेका थिए। नाक, कान, घाँटीका वरिष्ठ प्राध्यापक डा. सन्जिव कुमार ठाकुर, वरिष्ठ फिजिसियन डा. मनेश्वर शाह, अर्थोपेडिक सर्जन डा. फैयाज अन्सारी लगायतका कन्सल्टेन्ट र मेडिकल अफिसरहरूले कर्मचारीहरूको समर्पण र मेहनतलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा अझ राम्रो सेवा प्रदान गर्न प्रेरित हुने विश्वास व्यक्त गरे।

May be an image of 2 people and people studying

समारोहमा अस्पतालका सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता थियो। उपस्थित चिकित्सक, प्रशासनिक कर्मचारीदेखि लिएर अन्य स्वास्थ्यकर्मीहरूले पारिवारिक वातावरणमा चाडपर्व मनाउन पाउने अवसरलाई सराहना गर्दै बोनस वितरणप्रति खुसी व्यक्त गरे। पारस मल्टी स्पेसियालिटी हस्पिटलले यसअघि पनि विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधि सञ्चालन गर्दै आएको छ। संस्थाले आफ्नो सेवामुखी सोच, गुणस्तरीय स्वास्थ्य सेवा र सामाजिक दायित्वलाई निरन्तरता दिने प्रतिबद्धता कार्यक्रममार्फत पुनः दोहोर्‍याएको छ। यसरी चाडपर्वको अवसरलाई कर्मचारी सम्मान, सामाजिक उत्तरदायित्व र एकताको सन्देशमा जोडेर पारस मल्टी स्पेसियालिटी हस्पिटल विराटनगरले गरेको यो कदम प्रदेशकै स्वास्थ्य क्षेत्रका लागि उदाहरणीय बनेको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

लहानमा EV को ठक्करबा ...

ओम प्रकाश यादव, लहान असोज १५ । आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। लहान नगरपा ...

लहान–५ की अपांग नावा ...

रहमुल लहान १३ । लहान–५ की एक अपांग नावालिकमाथि जबरजस्ती करणी भएको आरोप सार्वजनिक भएपछि घटनाले ...

औरहीमा छैठौं APL क्र ...

रहमुल लहान असोज १३ । “आत्मनिर्भर र खेलमैत्री समाज निर्माण” भन्ने मूल नाराका सा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१