ताजा समाचार

सिरहा लगायत देश भर सिबरात्रीको रौनक: शिवलिङ्गमा जल चढाउने घुईचो

  • साउन ६, २०७६
  • १०७५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो, सिरहा , श्रावण ६ ।सिरहा जिल्ला लगायत देशको बिभिन्न भागहरुमा आज शिवलिङ्गमा जल चढाउने गरेको छ भने सिरहाको मिर्चैया नगरपालिका वडा न. ९ स्थित शिव मन्दिरमा साउन महिना धेरै भिड,मेला पनि लागने गरिन्छ । हिन्दू धर्माबलम्बीका लागि विशेष महिना मानिन्छ । साउन महिनामा भगवान शिवको आराधना र पूजा गर्ने महिनाको रुपमा चिनिन्छ । धेरै महिलाहरु साउनमा उपवास पनि बस्ने गर्छन् ।साउन महिनाको अर्को आकर्षण हो, बोलबम यात्रा । शिवभक्त हिन्दू धर्माबलम्बीहरु पहेँलो पोशाक लगाएर खाली खुट्टा लामो बाटो पैदल हिँडेर बोलबम यात्रा गर्छन् । साउन महिनाको सोमबार अझै विशेष मानिन्छ । भक्तजनहरु बन्दिपुर स्थित कमला नदिको उतरबाहिनीबाट जल ल्याइ विभिन्न शक्ति पिठहरुमा चढाउने परम्परा छ । उतरबाहिनी नदि देखि मिर्चैया र सिरहाको आ-आफ्नो ठाउँ सम्म बोल बोम भन्दै बाटोमा कहिँ पनि कामरमा जल बोक्न बनाइएको बाँसको सामाग्री कतै नराखी शिव मन्दिर सम्म लाएर विधि बिधान अनुसारले जल चढाइन्छ ।यहाँ सोमबार पूजाआजा गर्नेहरुको बाक्लो भीड लाग्छ । त्यतिमात्रै होइन । उतर बाहिनि देखि बोलबम यात्रा सुरु गर्ने वा अन्य जलासयहरुबाट बोलबम यात्रा गरिन्छ । यो सोमबार पनि सिरहाको विभिन्न शक्ति पिठहरु बोलबम यात्रीहरु भेटिए । बोलबम यात्रीमा बालकदेखि वृद्धसम्मको सहभागिता थिए ।हरेक शक्ति पिठ्हरुमा भक्तजनहरुलाइ आकर्षशीत घुइँचो बनाउको लागि विभिन्न किसिमको पुरस्करको ब्यबस्था पनि गारिएको हुन्। यसै सिलसिलामा को शिव मन्दिमा यो साउनमा हरेक सोमबारदेखि अन्तिम सोमबार सम्म । पुजा तथा नाच गान शिव मन्दिर मेला कमिटीका अध्यक्ष शिव कुमार महतोले अनुसार हरेक भक्तजनहरुका लागि नि:शुल्क प्राथमिक उपचारका लगायत अन्य पनि नि:शुल्क ब्यबस्था गरिएको छ ।साथै यो मेलामा स्थानीय युबाहरुको पनि भुमिका रहेकोे पनि छन । साउनको हरेक सोमबार निराहार वर्त बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउनाले पूण्य आर्जन हुने जनविश्वास रहेको छ । धर्मशास्त्रमा साउन महिनालाई मानिएको हो।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤