Siraha Times
ताजा समाचार

शिक्षक विजेन्द्र सहनीको करेन्ट लागी मृत्यु, गाउँ शोकमा

  • असोज ४, २०८२
  • ९८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, असोज ४ गते । सिरहाको लहान नगरपालिका–२३ गाढा निवासी आदरणीय शिक्षक विजेन्द्र कुमार सहनीको करेन्ट लागेर मृत्यु भएको छ। स्थानीयले जनाए अनुसार धान खेतमा सिंचाइ गर्ने क्रममा सिचाइ मिटरमा करेन्ट प्रवाह हुँदा सहनीको घटनास्थलमै मृत्यु भएको हो।

सहनी लहान–१९ स्थित श्री जनता माध्यमिक विद्यालय, सोनमती गाढामा कार्यरत उत्कृष्ट शिक्षकका रूपमा परिचित थिए। विद्यार्थी, शिक्षक, अभिभावक लगायत स्थानीय समाजमा उनी एक समर्पित र अनुशासित व्यक्तित्वका रूपमा मन पराइएका थिए। अचानक भएको यस घटनाले विद्यालय मात्र नभई सम्पूर्ण गाउँ नै शोकमा डुबेको छ। मृत्युको खबर सुन्नासाथ विद्यालय परिवार, विद्यार्थी र गाउँलेहरू स्तब्ध भएका छन्।

शिक्षक सहनीले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान अमूल्य रहेको विद्यालयले जनाएको छ। एक कर्मठ शिक्षक गुमाउनु विद्यालय र समाजका लागि अपूरणीय क्षति भएको भन्दै सहकर्मी शिक्षक, विद्यार्थी तथा गाउँलेहरूले गहिरो दुःख व्यक्त गरेका छन्। स्व. सहनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१