शिक्षक विजेन्द्र सहनीको करेन्ट लागी मृत्यु, गाउँ शोकमा

  • असोज ४, २०८२
  • ७५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, असोज ४ गते । सिरहाको लहान नगरपालिका–२३ गाढा निवासी आदरणीय शिक्षक विजेन्द्र कुमार सहनीको करेन्ट लागेर मृत्यु भएको छ। स्थानीयले जनाए अनुसार धान खेतमा सिंचाइ गर्ने क्रममा सिचाइ मिटरमा करेन्ट प्रवाह हुँदा सहनीको घटनास्थलमै मृत्यु भएको हो।

सहनी लहान–१९ स्थित श्री जनता माध्यमिक विद्यालय, सोनमती गाढामा कार्यरत उत्कृष्ट शिक्षकका रूपमा परिचित थिए। विद्यार्थी, शिक्षक, अभिभावक लगायत स्थानीय समाजमा उनी एक समर्पित र अनुशासित व्यक्तित्वका रूपमा मन पराइएका थिए। अचानक भएको यस घटनाले विद्यालय मात्र नभई सम्पूर्ण गाउँ नै शोकमा डुबेको छ। मृत्युको खबर सुन्नासाथ विद्यालय परिवार, विद्यार्थी र गाउँलेहरू स्तब्ध भएका छन्।

शिक्षक सहनीले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान अमूल्य रहेको विद्यालयले जनाएको छ। एक कर्मठ शिक्षक गुमाउनु विद्यालय र समाजका लागि अपूरणीय क्षति भएको भन्दै सहकर्मी शिक्षक, विद्यार्थी तथा गाउँलेहरूले गहिरो दुःख व्यक्त गरेका छन्। स्व. सहनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१