Siraha Times
ताजा समाचार

सामाजिक सञ्जाल बन्दको खतरा : अभिव्यक्ति कुण्ठित, अर्थतन्त्र र सूचना प्रवाहमा ठूलो असर

  • भदौ २२, २०८२
  • १३१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावित प्रभाव गम्भीर हुने देखिएको छ। संचार विज्ञ र व्यवसायीहरूले चेतावनी दिँदै यस्तो कदमले देशलाई अभिव्यक्ति स्वतन्त्रताबाट बञ्चित गर्दै आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा संकट निम्त्याउने दाबी गरेका छन्।

नेपालमा हाल दर्ता भएका चार हजारभन्दा बढी अनलाइन मिडियाको गतिविधि सामाजिक सञ्जालमार्फतै पाठकसम्म पुग्ने भएकाले, बन्द गर्ने निर्णयले सञ्चारजगतमा ठुलो असर पार्ने निश्चित छ। सूचनाको सहज पहुँचमा अवरोध हुँदा नागरिकले राज्यको गतिविधि, भ्रस्टाचार र अपराध सम्बन्धी जानकारी पाउन सक्ने अधिकारबाट बञ्चित हुने विज्ञहरूको भनाइ छ।

व्यापार व्यवसायतर्फ पनि ठूलो संकट आउने अनुमान गरिएको छ। काठमाडौँका करिब ३० प्रतिशत व्यवसायीहरू सामाजिक सञ्जालमार्फत विज्ञापनमा निर्भर छन्। यसबाट हजारौं रोजगारी प्रभावित हुने देखिएको छ। त्यस्तै, विदेशमा रहेका करिब ५० लाख नेपालीले सामाजिक सञ्जाललाई सम्पर्क र जानकारी आदान–प्रदानको मुख्य माध्यम बनाएका छन्। सम्पर्क टुट्ने अवस्थाले रेमिट्यान्स प्रवाहमा समेत असर पार्न सक्ने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल बन्दले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्दै ३ करोड जनतालाई राज्य-नियन्त्रित ढुंगेयुगतर्फ धकेल्ने खतरा बढेको विज्ञहरूको चेतावनी छ। उनीहरूका अनुसार यस्तो कदमले सरकार र जनताबीचको दूरी अझ बढाउने मात्र नभई लोकतान्त्रिक प्रणालीलाई समेत कमजोर पार्नेछ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१