Siraha Times
ताजा समाचार

जसपा नेपाल द्वारा भुमि विधेयक बिरुद्ध लहानमा बृहत् आन्दोलन

  • भदौ १६, २०८२
  • १०५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान भदौ १६ । सिरहाकाे लहानमा जसपा नेपाल क्षेत्र नं.–१ समितिको आयोजनामा आइतबार दिउँसो बृहत् विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ। कार्यक्रम दिउँसो ३ बजे पशुपति आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट गोलबन्ध भई नारा–जुलुस गर्दै बजार परिक्रमा गरिएको थियो। जुलुस सहिद पार्क अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभाको अध्यक्षता क्षेत्र नं.–१ का क्षेत्रीय अध्यक्ष प्रयागलाल यादवले गर्नुभएको थियो।

आन्दोलनमा क्षेत्रभरिका नेता, कार्यकर्ता तथा आम नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा मा. राजकुमार गुप्ता, ललिता दास, जिल्ला अध्यक्ष अशोक यादव, प्रयागलाल यादव, दिनेश महताे ,युवा तथा विद्यार्थी नेता दिपेश यादव, लहान नगरपालिकाका उप–प्रमुख रामचलितर महतो, लहान नगर अध्यक्ष रामउदगार महताे, जितेन्द्र महतो, शिव उदगार यादव, विजय यादव, शत्रुधन मण्डल, ललिता यादव लगायतको उपस्थिति रहेको थियो। त्यस्तै प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र यादवसहित अन्य शीर्ष नेतृवर्ग पनि कोणसभामा उपस्थित थिए।

जुलुसमा “राष्ट्रिय घाति विधेयक फिर्ता गर”, “केपी तेरो पाराले दुःख पायो साराले”, “भूमि विधेयक फिर्ता गर” जस्ता नाराहरू गुन्जिएका थिए। सहभागीहरूले बजार परिक्रमा गर्दै विधेयक विरुद्ध आवाज बुलन्द गरेका थिए।कोणसभामा सम्बोधन गर्ने वक्ताहरूले सरकारले ल्याएको भूमि विधेयक गरिब, दलित र भूमिहीनहरूको हितविपरीत रहेको भन्दै कडा आपत्ति जनाए। उनीहरूले यस विधेयक लागू भएमा चुरे क्षेत्रको विनाश, वन संहार, पानीको हाहाकार र मधेशमा खडेरी जस्ता गम्भीर समस्या निम्तिने चेतावनी दिए। नेताहरूले यस्तो विधेयक कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै तत्काल खारेजीको माग गरे।

त्यसैगरी, १९ वर्षअघि भएको गौर हत्याकाण्डलाई राजनीतिक प्रतिशोधका आधारमा प्रयोग गरी राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई झूटो मुद्दामा फसाउने सरकारी षड्यन्त्र भइरहेको भन्दै नेताहरूले तीव्र आपत्ति जनाए। उनीहरूले गौर हत्याकाण्डलाई जसपा नेपाललाई कमजोर पार्ने उद्देश्यले प्रयोग गरिएको आरोप लगाउँदै यसको कडा विरोध प्रकट गरे।

वक्ताहरूले जसपा नेपाल सदैव गरिब, दलित, मुस्लिम, अल्पसंख्यक र उत्पीडित वर्गका अधिकारका लागि राजनीति गर्दै आएको स्मरण गराउँदै, मुद्दा र षड्यन्त्रबाट पार्टीलाई डराउन सकिँदैन भन्ने चेतावनी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राजु गुप्ताले सरकार विधेयक फिर्ता गर्न नमाने अझ शक्तिशाली आन्दोलनको कार्यक्रम ल्याइने चेतावनी दिए। उनले संसदभित्र र सडकमा दुवै मोर्चामा संघर्ष गरिने बताए।

सांसद गुप्ताले थप्नु भयाे जसपा नेपालले आफ्नो धाणा स्पष्ट पारेको छ कि, भूमि विधेयक कुनै पनि हालतमा मान्य हुने छैन र आवश्यक परे देशभर अझ तीव्र विरोध कार्यक्रम सञ्चालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१