ताजा समाचार

बाढी पिडितहरुलाई राहत वितरण

  • साउन ५, २०७६
  • १३९० पटक पढिएको
  • सिराहा टाइम्स
alt

श्रावण ५ गते । नेपाल विद्यार्थी संघ राराब ईकाई कमिटिले धनुषाको जनकनन्दनी गाउंपालिकाको मल्हनिया र ईनर्वामा बाढी पिडितहरुलाई राहत वितरण गरेका छन । मल्हनियाका १ सय ६७ घर परिवार र ईनर्वाका १ सय ८० घर परिवारलाई राहत वितरण गरिएको हो । प्रत्येक व्यतिm ५ किलो चुरा , ४ केजी चामल , २ वटा चाउचाउ सहितका खाद्यन्न समाग्री वितरण गरिएको नेवि संघका नेता पुष्पेन्द्र गोईतले जानकारी दिएका छन ।

पुर्व सभासद दिनेश प्रसैला यादवको विशेष सक्रियतामा आईतवार वितरण गरिएको सो राहत वितरण कार्यक्रममा ने.बि.संघ का पुर्व सह महामन्त्री नबल यादव , महासमिति सदस्य भोला पंजियार , क्षेत्रिय सभापति नविन गोहिवार ,नेवि संघका पुर्व केन्द्रिय सदस्य संजिव यादव । नेपाल विद्यार्थी संघ धनुषा अध्यक्ष सन्जय यादव , सचिब सुमन्त यादव , ओजिन्द्र यादव , मनिश यादव , कमला ना पा उपमेयर शिला मण्डल , उदित मिश्रा , राजेश कर्ण सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । ईकाई सभापति सुजित यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वास्थ्य शिविर र निःशुल्क औषधी समेत वितरण गरिएको छ । सभासद डा.चन्द्रमोहन यादवले आफै शिविरमा बिरामीहरुको चेकजांच र निःशुल्क औषधी वितरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤