बाढी पिडितहरुलाई राहत वितरण

  • साउन ५, २०७६
  • १२०९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

श्रावण ५ गते । नेपाल विद्यार्थी संघ राराब ईकाई कमिटिले धनुषाको जनकनन्दनी गाउंपालिकाको मल्हनिया र ईनर्वामा बाढी पिडितहरुलाई राहत वितरण गरेका छन । मल्हनियाका १ सय ६७ घर परिवार र ईनर्वाका १ सय ८० घर परिवारलाई राहत वितरण गरिएको हो । प्रत्येक व्यतिm ५ किलो चुरा , ४ केजी चामल , २ वटा चाउचाउ सहितका खाद्यन्न समाग्री वितरण गरिएको नेवि संघका नेता पुष्पेन्द्र गोईतले जानकारी दिएका छन ।

पुर्व सभासद दिनेश प्रसैला यादवको विशेष सक्रियतामा आईतवार वितरण गरिएको सो राहत वितरण कार्यक्रममा ने.बि.संघ का पुर्व सह महामन्त्री नबल यादव , महासमिति सदस्य भोला पंजियार , क्षेत्रिय सभापति नविन गोहिवार ,नेवि संघका पुर्व केन्द्रिय सदस्य संजिव यादव । नेपाल विद्यार्थी संघ धनुषा अध्यक्ष सन्जय यादव , सचिब सुमन्त यादव , ओजिन्द्र यादव , मनिश यादव , कमला ना पा उपमेयर शिला मण्डल , उदित मिश्रा , राजेश कर्ण सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । ईकाई सभापति सुजित यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वास्थ्य शिविर र निःशुल्क औषधी समेत वितरण गरिएको छ । सभासद डा.चन्द्रमोहन यादवले आफै शिविरमा बिरामीहरुको चेकजांच र निःशुल्क औषधी वितरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

जनकपुरधाममा लोकतान्त ...

जनकपुरधाम, जेठ/२३ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा आज पार्टी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१