Siraha Times
ताजा समाचार

गौर हत्या काण्डमा अध्यक्ष यादवमाथि मुद्दा दायर राजनीतिक पूर्वाग्रहः जसपाको गोलबजारमा विरोध प्रदर्शन

  • भदौ १३, २०८२
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ १३। जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएको गौर हत्या काण्डसम्बन्धी मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा दायर गरिएको दाबी गर्दै सिरहाको गोलबजारमा बिहीवार बृहत विरोध प्रदर्शन गरेको छ। जसपा नेपाल सिरहाका जिल्ला अध्यक्ष अशोक यादवको नेतृत्वमा सम्पन्न उक्त प्रदर्शनमा सयौं कार्यकर्ताको सहभागिता थियो। प्रदर्शनकारीहरूले नाराबाजी गर्दै अध्यक्ष यादवमाथि दायर मुद्दा खारेज गर्न सरकारसँग माग गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेता विजय यादवले अध्यक्ष यादवलाई राजनीतिक रूपमा कमजोर पार्न नियोजित रुपमा झुटा मुद्दा लगाइएको आरोप लगाए। उनले भने, “गौर काण्डमा अध्यक्ष यादवको कुनै संलग्नता छैन, तर राजनीतिक प्रतिशोधका कारण मुद्दा दायर गरिएको हो। यदि यो मुद्दा तत्काल खारेज भएन भने मधेसमा फेरि विद्रोह चर्किनेछ र त्यसको गम्भीर परिणाम सरकारलाई भोग्नुपर्नेछ।” उनले मधेसको आन्दोलन र लोकतान्त्रिक अधिकारका लागि संघर्ष गर्ने नेतृत्वलाई फसाउने षड्यन्त्र कुनै पनि हालतमा सफल नहुने ठोकुवा गरे।

विरोध कार्यक्रममा जसपा नेपालका सिरहास्थित शीर्ष नेताहरु, पार्टीका जिल्ला तहका पदाधिकारी, कार्यकर्ता तथा स्थानीय नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो। प्रदर्शनपछि जसपा नेताहरूले गौर हत्या काण्डसम्बन्धी मुद्दा खारेज नगरेसम्म आन्दोलनलाई अझ व्यापक बनाइने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१