ताजा समाचार

उपमहानगरको व्यवसाय करमा ठेकेदारले अवैध पैसा उठाउँदै

  • साउन ५, २०७६
  • ७३९ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम,साउन ०५ गते ।
जनकपुरधाम उपमहानगरपालिकाले लगाएको व्यवसाय कर रसिदमा ठेकेदारले अवैध बिल प्रयोग गरेर पैसा उठाइरहेको पाइएको छ । उपमहानगरपालिकाले बजारमा ठेलामा व्यवसाय गर्दै आईरहेका व्यवसायीहरुसँग ठेकेदारले पैसा उठाउन अवैध बिलको प्रयोग गरेको पाइएको हो ।
हाटबजारको कर उठाउने ठेक्का पाएको ठेकेदार मोहम्मद एहसानले गैरकानूनी रूपमा प्रत्येक दिन फरक फरक रुपमा रकम उठाउँदै आएको छ । कुनैदिन ५० रुपैयाँ,कुनैदिन ६० रुपैयाँ,कुनैदिन ७० रुपैयाँका दरले रकम उठाउँछ । नियमतः ठेकेदार कम्पनीले उपमहानगरपालिकाको रसिदमा सम्झौतामा उल्लेख गरिएको रकम मात्र लिन पाउने व्यवस्था हुन्छ । बजारमा ठेलामा सतु बिक्री गर्दै आएका व्यापारी गनौरा साह भन्छन, ‘ठेकेदारले मनपरी रकम लिन्छन, हामीमा उनीहरुलाई प्रश्न गर्ने हिम्मत नै रहँदैन, उनीहरु गुण्डागर्दीको शैलीमा आएका हुन्छन् ।
उपमहानगरले आर्थिक वर्ष २०७५÷७६ को लागि लगाएको ठेक्कामा मो.एहसानले ठेक्का पारेका थिए । बजारमा लिने करको रकम मनपरी लिइरहेको स्थानीय एक व्यापारीले बताए । अहिले बजारमा उपमहानगरपालिकाको छापै बिना व्यापारीहरुबाट पैसा उठाउँदै आएको उनको भनाइ थियो । सानो–तिनो बजारको ठेक्का लगाउँदा कर शाखाका कर्मचारीहरुको मिलोमतोका कारण ठेकेदारहरुले मनपरी गर्दै आएको उनको आरोप छ ।


‘व्यापारीलाई दिएको बिल पनि अवैध छ, त्यो बिलमा हिरो मोटरसाईकल रिपेयरिङ्ग सेन्टरको छाप देखिएको छ । उपमहानगरपालिकाले यस्तो कार्य रोक्नुपर्छ’–उनले भने । उपमहानगरपालिकका कर्मचारी र ठेकेदारको विषयमा जनगुनासो आएको व्यापारीहरुको भनाई छ । ‘उपमहानगरपालिकाले ठेक्का लगाएको रहेछ, बिलमा छापसमेत नराखी पैसा उठाइरहेको भन्दै गुनासो आइरहेको छ’ उनले भने, ‘हाटमा कस्ता पसलले कति पैसा तिर्नुपर्ने हो, त्यो सबैले देख्ने गरी सार्वजनिक स्थानमा राखिनु पर्ने हो तर यहाँ केही छैन ।’यस सम्बन्धमा ठेकेदार मोहम्मद एहसानसँग बुझ्न खोज्दा उनले आफु यस सम्बन्धमा केहिपनि नबोल्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤