Siraha Times
ताजा समाचार

लहान १७ सचिव विहिन वडा कार्यालय, सेवाग्राही मर्कामा

  • भदौ ११, २०८२
  • ११४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, भदौ ११ । सिरहा जिल्लाको लहान नगरपालिका–१७ को वडा कार्यालय पछिल्ला दिनहरूमा सचिव विहिन बनेको छ । सचिव राजकुमार साह आन्तरिक विवादका कारण साउन २ गतेदेखि बिना जानकारी अनुपस्थित रहेपछि वडा कार्यालयको कामकाज प्रभावित भएको छ । नगरपालिकाको आदेशअनुसार साह भदौ २ गते पुनः वडामा हाजिर हुन पुगे पनि वडा अध्यक्ष प्रथमलाल चौधरी थारुले उनलाई हाजिरी गर्न अस्वीकार गरेका थिए । त्यसपछि हालसम्म वडामा सचिव विहिन स्थिति कायमै छ ।

नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य त्रिपतलाल यादवका अनुसार सचिव विहिन भएपछि वडामा हुने सम्पूर्ण नियमित काम बन्द भएको छ । “नविकरणसहितका आवश्यक सेवा लिन सेवाग्राहीले वडा कार्यालय धाउने तर काम नहुने अवस्थाले स्थानीय जनता आक्रोसित भएका छन्,” यादवले बताए ।

सचिव नहुँदा सेवाग्राही मात्रै नभई अन्य विकास गतिविधि पनि प्रभावित भएको छ । नेपाली कांग्रेसको टोली वडामा पुगेको थियो र तीन वर्ष अघिसम्मको कार्य प्रगति विवरणसहितका विभिन्न विषयमा छलफल गर्दै वडा अध्यक्षसँग जवाफ माग गरेको यादवले जानकारी दिए ।

यस्तै, वडा १७ का नेपाली कांग्रेसका बूथ सभापति हरिनारायण चौधरीले वजेट विनियोजन गर्ने बेलामा समेत पार्टी–संगठन र जनप्रतिनिधिलाई बेवास्ता गरिएको आरोप लगाए । “वजेटको प्रक्रिया पारदर्शी हुनुपर्ने हाम्रो माग हो । सोधपुछ नगरी मनपरी ढंगले खर्च गर्ने प्रवृत्ति रोकिनुपर्छ,” चौधरीले भने ।

यता वडा अध्यक्ष प्रथमलाल चौधरी थारुले समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । उनले आगामी एक हप्ताभित्र सचिवसम्बन्धी विवाद अन्त्य गरी नियमित कामकाज सञ्चालन हुने विश्वास दिलाए । “हामी सकभर सबै दललाई समेटेर निर्णय गर्ने गर्छौं । कतिपय अवस्थामा केही नेता वा कार्यकर्ता छुट्न गएको हुन सक्छ । तर आगामी दिनमा सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता लिएका छौं,” अध्यक्ष चौधरीले भने ।

वडा सचिव विहिन रहँदा तत्कालीन सेवाहरू ठप्प भएपछि सेवाग्राही अझै पनि मर्कामा छन् । स्थानीयहरूले विवादको द्रुत समाधान गरी आवश्यक सेवा तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१