जसपा नेपालको भूमि विधेयकविरुद्ध देशव्यापी आन्दोलन घोषणा

  • भदौ ७, २०८२
  • ३६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकको कडा विरोध गर्दै देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ। जसपा नेपालको आरोप छ कि यो विधेयक मुलुक र जनताको हितमा नभई भू–माफिया र जग्गा दलालको हितमा केन्द्रित छ, जसका कारण वनजंगल विनाश भई तराई/मधेश मरुभूमिकरण हुने खतरा बढेको छ। पार्टीका महासचिव लालबाबु राउत का अनुसार विरोध कार्यक्रम भदौ ९ गतेदेखि १५ गतेसम्म देशभर सञ्चालन हुनेछ।

उनले शनिबार जारी गरेको परिपत्रमार्फत पार्टीका सम्पूर्ण संरचना र कार्यकर्तालाई आन्दोलनलाई सफल पार्न आह्वान गरेका छन्। जसपा नेपालले भनिएको छ, “वन क्षेत्रको अतिक्रमण रोक्न, जैविक विविधता र वातावरण संरक्षण गर्न, तराई/मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल–जंगल–भूमिको रक्षा गर्न हामी आन्दोलनमा उत्रिन बाध्य भएका छौं।” पार्टीको केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाऊँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऊँ’ अभियानअन्तर्गत देशव्यापी विरोध गर्ने निर्णय गरेको हो।

जसपाले सरकारलाई पटक–पटक चेतावनी दिँदै आएको भए पनि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते विधेयकको प्रक्रिया अघि बढाइएपछि पार्टीले असन्तुष्टि जनाएको हो। राउतका अनुसार, भदौ ९ देखि १५ सम्म देशका प्रमुख शहरसहित जिल्ला स्तरमा विरोध जुलुस, सभा र विभिन्न जनदबावमूलक कार्यक्रम सञ्चालन हुनेछ। उनले आन्दोलनमार्फत सरकारलाई विधेयक फिर्ता लिन बाध्य पारिने दृढता व्यक्त गरेका छन्। यसअघि पनि जसपा नेपालले भूमि विधेयकको विरोध गर्दै आएको थियो। पार्टीले यसलाई “तराई–मधेश र सम्पूर्ण देशको प्राकृतिक सम्पदा र भविष्यविरुद्धको षड्यन्त्र” को संज्ञा दिएको छ।

प्रतिक्रिया दिनुहोस

मिथिला सामुदायिक सिक ...

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई ...

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१