Siraha Times
ताजा समाचार

जसपा नेपालको भूमि विधेयकविरुद्ध देशव्यापी आन्दोलन घोषणा

  • भदौ ७, २०८२
  • १६९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकको कडा विरोध गर्दै देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ। जसपा नेपालको आरोप छ कि यो विधेयक मुलुक र जनताको हितमा नभई भू–माफिया र जग्गा दलालको हितमा केन्द्रित छ, जसका कारण वनजंगल विनाश भई तराई/मधेश मरुभूमिकरण हुने खतरा बढेको छ। पार्टीका महासचिव लालबाबु राउत का अनुसार विरोध कार्यक्रम भदौ ९ गतेदेखि १५ गतेसम्म देशभर सञ्चालन हुनेछ।

उनले शनिबार जारी गरेको परिपत्रमार्फत पार्टीका सम्पूर्ण संरचना र कार्यकर्तालाई आन्दोलनलाई सफल पार्न आह्वान गरेका छन्। जसपा नेपालले भनिएको छ, “वन क्षेत्रको अतिक्रमण रोक्न, जैविक विविधता र वातावरण संरक्षण गर्न, तराई/मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल–जंगल–भूमिको रक्षा गर्न हामी आन्दोलनमा उत्रिन बाध्य भएका छौं।” पार्टीको केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाऊँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऊँ’ अभियानअन्तर्गत देशव्यापी विरोध गर्ने निर्णय गरेको हो।

जसपाले सरकारलाई पटक–पटक चेतावनी दिँदै आएको भए पनि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते विधेयकको प्रक्रिया अघि बढाइएपछि पार्टीले असन्तुष्टि जनाएको हो। राउतका अनुसार, भदौ ९ देखि १५ सम्म देशका प्रमुख शहरसहित जिल्ला स्तरमा विरोध जुलुस, सभा र विभिन्न जनदबावमूलक कार्यक्रम सञ्चालन हुनेछ। उनले आन्दोलनमार्फत सरकारलाई विधेयक फिर्ता लिन बाध्य पारिने दृढता व्यक्त गरेका छन्। यसअघि पनि जसपा नेपालले भूमि विधेयकको विरोध गर्दै आएको थियो। पार्टीले यसलाई “तराई–मधेश र सम्पूर्ण देशको प्राकृतिक सम्पदा र भविष्यविरुद्धको षड्यन्त्र” को संज्ञा दिएको छ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१