ताजा समाचार

लहानको सुनचाँदी पसलमा भएका बम विष्फोटको छानबिन सुरु

  • चैत २३, २०७४
  • १००९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २३ । सिरहाको लहान बजारमा चैत्र ९ गते शुक्रबारका दिन विकास ट्रेडर्स, सुनचाँदी पसलमा भएको बम विष्फोट घटना बारे संसद भवनमा सिरहा क्षेत्र १ बाट निर्वाचित सांसद प्रदिप गिरीले उठाएको मुद्दाले स्थान पाएको छ। बम विष्फोट घटनाको छानबिन गर्न प्रदेश २ का गृहराज्य मन्त्रि सरोज कुशवाहको संयोजकत्मा छानविन समिति गठन गरिएको छ। सोहि बम घटना बारे बुझन र अनुसन्धान गर्न शुक्रबार मन्त्रि सरोज कुसवाहा सहितको टोलि शुक्रबार घटना स्थल सुनचांदी पसलमा पगी संचालक विकाश सारडा र विष्फोटमा परि घाइते भएकाहरु संग भटने क्रममा घटना दुःखद रहेको भन्दै प्रदेश २ का गृहराज्य मन्त्रि कुशवाहा शान्ति सुरक्षा र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्। शान्ति सुरक्षाका लागि कसैसँग सम्झौता नहुने उनले बताए । गल्ती गर्ने अपराधी जो कोहि भएपनि अब छुट पाउँदैन् । अपराधीलाई कानूनको दायरामा ल्याउँछौँ ।’ प्रदेश सरकारले जनताको समस्या र गुनासो सुन्नको लागि ‘मुख्यमन्त्री हेल्पलाइन’ नम्बर र गाउँ–गाउँमा ‘जनताको कहचरी’ सुरु गर्न गइरहेको गृहराज्य मन्त्री कुसवाहाले जानकारी दिए ।

बम विष्फोटमा परि लहान ७ निवासी विकाश ट्रेडर्सका संचालक विकाश सारडा सहित उनका भाई राहुल सारडा , पसल मै काम गर्ने लहान ९ बस्ने अनुशिता कुमारी चौधरी , लहान ११ बस्ने विनिता कुमारी चौधरी , सुनचांदी खरिद बिक्रि गर्न आएका ग्राहकहरु मध्ये सिरहा मझौरा बस्ने सिकिन्दर यादवको पत्नी देव कुमारी यादव र ७ वर्षीय वालक सतिश यादव , माधोपुरकी वविता यादव र सप्तरीकी मोनिका देवी राम घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤