लहानको सुनचाँदी पसलमा भएका बम विष्फोटको छानबिन सुरु

  • चैत २३, २०७४
  • ९२१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २३ । सिरहाको लहान बजारमा चैत्र ९ गते शुक्रबारका दिन विकास ट्रेडर्स, सुनचाँदी पसलमा भएको बम विष्फोट घटना बारे संसद भवनमा सिरहा क्षेत्र १ बाट निर्वाचित सांसद प्रदिप गिरीले उठाएको मुद्दाले स्थान पाएको छ। बम विष्फोट घटनाको छानबिन गर्न प्रदेश २ का गृहराज्य मन्त्रि सरोज कुशवाहको संयोजकत्मा छानविन समिति गठन गरिएको छ। सोहि बम घटना बारे बुझन र अनुसन्धान गर्न शुक्रबार मन्त्रि सरोज कुसवाहा सहितको टोलि शुक्रबार घटना स्थल सुनचांदी पसलमा पगी संचालक विकाश सारडा र विष्फोटमा परि घाइते भएकाहरु संग भटने क्रममा घटना दुःखद रहेको भन्दै प्रदेश २ का गृहराज्य मन्त्रि कुशवाहा शान्ति सुरक्षा र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्। शान्ति सुरक्षाका लागि कसैसँग सम्झौता नहुने उनले बताए । गल्ती गर्ने अपराधी जो कोहि भएपनि अब छुट पाउँदैन् । अपराधीलाई कानूनको दायरामा ल्याउँछौँ ।’ प्रदेश सरकारले जनताको समस्या र गुनासो सुन्नको लागि ‘मुख्यमन्त्री हेल्पलाइन’ नम्बर र गाउँ–गाउँमा ‘जनताको कहचरी’ सुरु गर्न गइरहेको गृहराज्य मन्त्री कुसवाहाले जानकारी दिए ।

बम विष्फोटमा परि लहान ७ निवासी विकाश ट्रेडर्सका संचालक विकाश सारडा सहित उनका भाई राहुल सारडा , पसल मै काम गर्ने लहान ९ बस्ने अनुशिता कुमारी चौधरी , लहान ११ बस्ने विनिता कुमारी चौधरी , सुनचांदी खरिद बिक्रि गर्न आएका ग्राहकहरु मध्ये सिरहा मझौरा बस्ने सिकिन्दर यादवको पत्नी देव कुमारी यादव र ७ वर्षीय वालक सतिश यादव , माधोपुरकी वविता यादव र सप्तरीकी मोनिका देवी राम घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१