जसपा नेपाल लहानद्वारा परमादेशविरुद्ध चरणबद्ध आन्दोलन सुरु

  • भदौ २, २०८२
  • १२५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध मधेश प्रदेशभर चरणबद्ध आन्दोलन सुरु गरेको छ। सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सोमबार परमादेश दिएपछि जसपाले यसलाई पूर्वाग्रही, विभेदपूर्ण र राजनीतिक षड्यन्त्रको उपज भन्दै विरोध आन्दोलनको घोषणा गरेको हो।

यसै क्रममा लहान नगर कमिटीले सोमबार साँझ लहानको सहिद चोकमा टायर बालेर साङ्केतिक आन्दोलनको सुरुवात गरेको छ। कार्यक्रममा प्रदेश सांसद राजकुमार गुप्ता (राजु), प्रदेश सांसद ललिता दास ‘विद्रोही’, जसपा लहान नगर अध्यक्ष रामउदगार महतो, राकेश रोषण गुप्ता, जिल्ला समन्वय समिति सभापति दिनेश महतो, वैधनाथ साह, रामु महतो, शत्रुधन महतोसहितका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो। सहभागीहरूले “ओलि सरकार मुर्दावाद”, “ओलि सरकार राजीनामा दे” जस्ता नारा लगाउँदै सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद राजकुमार गुप्ताले जसपा नेपाल सदैव जनताको हकअधिकार, सामाजिक न्याय, दलित, मुस्लिम, किसान र गरीब वर्गका पक्षमा संघर्षरत रहेको स्मरण गराउँदै भने, “भूमि अध्यादेशको सवालमा हाम्रो दृढ अडानकै कारण पूर्वाग्रही ढंगले अदालतबाट परमादेश दिइएको हो। यो नियोजित षड्यन्त्र हो। जबसम्म उक्त परमादेश सच्याइँदैन, तबसम्म हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौं।” त्यस्तै सांसद ललिता दास विद्रोहीले पनि सर्वोच्चको परमादेशलाई लोकतान्त्रिक न्यायिक प्रक्रियामाथिको आक्रमणको संज्ञा दिँदै मधेश प्रदेशमा अन्याय सहन नसक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई चरणबद्ध आन्दोलनमा एकजुट भएर सहभागी हुन आग्रह गरिन्।

जसपाका अन्य नेताहरूले पनि सर्वोच्चको आदेशलाई राजनीतिक प्रतिशोधसहित आएको दाबी गर्दै यो षड्यन्त्रपूर्ण निर्णयका विरुद्ध आन्दोलनलाई गाउँ–गाउँसम्म विस्तार गर्ने चेतावनी दिएका छन्। पार्टीका अनुसार लहानबाट सुरु भएको साङ्केतिक आन्दोलनलाई छिट्टै प्रदेशका अन्य जिल्लामा फैलाइने र आवश्यकताअनुसार कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस

लागु औषध विरुद्धको स ...

लहान, ०८ माघ । लागूऔषधको बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै युवालाई सकारात्मक बाटोमा डोर्‍याउन ...

नवराजपुर–१ करमनियाँक ...

रहमुल, लहान ८ माघ । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियाँस्थित श्री अवधि फेकनी आधारभूत विद्या ...

श्री ल.ल. कु. मा. वि ...

ओम प्रकाश यादव लहान माघ ७ । लहान नगरपालिका–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१