सिरहाको सप्तऋषि अस्पताल ग्राहकको थप सेवा मुखी बन्दै

  • साउन ४, २०७६
  • ६८२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , ४ श्रावण सिरहाको लहानमा रहेको सप्तऋषि अस्पतालले नयाँ आर्थिक वर्षसँगै सेवा विस्तार गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुभाष साहले पत्रकार समेलन गरे र जानकारी दिएका छन ।अस्पतालको सेवाबाट बिरामीहरु अझ मनमोहित र प्रफुलित भएका हुन । बिगतको बर्ष भन्दा अझ सुलभ र सेवा प्रदायक तथा सुविधायुक्त बनाउने उदेश्यले सबै किसिमको विरामीहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने उदेश्यका साथ आफ्नो सेवा विस्तार गर्न लागेको डा. साहले बताउनु भयो । हस्पिटलले निरन्तर सेवा दिदै आईरहेको छ । सेवाहरु अन्तर्गत इमर्जेन्सी, प्रसुती ,ओप्रेशन,फार्मेसी,ल्याबोरेटरी,विडियो एक्सरे,फिजियोथेरापी  , डिजिटल एक्सरे ,आउट पेटेन्ट एण्ड इन पेटेन्ट , क्याविन सेवा सुविधा संगै यस आर्थिक वर्ष २०७६ /०७७ देखि एनआइसीयु,हाइ केयर युनिट,सिटि स्क्यान,पेयिंग वार्ड, एच ए , सिएम ए र नर्सिङ्गको ट्रेनिंग ,इन्टर शिप जव, सीएमइ संगै वर्कशोप लगायतका सेवा सुविधाहरु सुचारु गरेको जनाएका छन। 

सप्तऋषि अस्पतालका संचालक डाक्टर पशुपति चौधरीले पत्रकार समेलनमा यो कुराहरु छल गरेको हो । अस्पतालले आउने दिनहरुमा विरामीहरुलाई मध्यनजर गर्दै सेवामुखी सेवा प्रदान गर्ने उदेश्यका साथ ,प्रत्येक बुधबार ओपिडी सेवामा ५० % छुट,र प्रत्येक शनिवार १४ वर्ष सम्मका विद्यार्थीहरु लाई ओपिडी सेवामा ५०% छुट,दिने गरेको निर्णय गरेका हुन । अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार नि:शुल्क स्वास्थ्य शिविर र प्रत्येक शुक्रबार मधुमेह र थाईराइड ,चेकजाँचमा ५०% छुट, गरिने र प्रत्येक मंगलबार फिजियोथेरापी सेवामा ५०% छुट संगै प्रत्येक आईतबार सिटिस्क्यानको मात्र हुने संचालक / निर्देशक डाक्टर चौधरीले बताए। 

आमा सुरक्षा कार्यक्रम शुरु भएको ९ वर्ष पुरा भएता पनि विगत २ आर्थिक वर्ष देखि बजेट निकासा नहुँदा आमा सुरक्षा कार्यक्रम उधारोमा चलाउन बाध्यता रहेको निर्देशक डाक्टर चौधरीले दुखेसो पोखनु भयो । अस्पतालमा सुत्केरी हुन आउने प्रसूति महिलालाई दिने रकम निकासा नहुँदा विगत २ आर्थिक वर्ष देखि फोन नम्बर लेखेर डिस्चार्ज गर्ने गरेको हो । प्रसूति महिलाका लागि प्रदेश सरकारले उपलब्ध गराउने रकम निकासा नहुँदा उधारोमै प्रसूति सेवा दिन बाध्यता रहेको हो । ०७४-७५ को वैशाख देखि असार सम्म ०७५/७६ को चैत सम्म प्रसूति सेवा उपलब्ध गराएबापत अस्पतालले पाउने प्रोत्साहनबापतको रकम ,चारपटक स्वास्थ्य जाँच गराएको र यातायात भत्ताबापतको रकम चालू आर्थिक वर्षको चैत मसान्तसम्मको रुपैया सहित करिब १ करोड ७५ लाख रुपैयाँ बाँकी रहेको अस्पतालका प्रवन्धक रंजन चौधरीले जानकारी दिएका हुन । पछिल्लो दुई आर्थिक वर्षको बक्यौता रकम निकासा गर्न लहान नगरपालिकाको स्वास्थ्य सेवा विभाग, प्रदेश २ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य महाशाखामा पटक–पटक पत्राचार गरि ‘वास्ता नगरेको आमा सुरक्षा कार्यक्रम बन्द हुने सम्भावना सिर्जना भएको हो । महिनामा करिब ३ सय महिलाको प्रसुती र ,जसमा २५ देखि ३५ जना महिला शल्यक्रियाबाट सुत्केरीको सेवा लिईरहेको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले प्रसुती र बच्चाका लागि झोला , बच्चा र आमाको कपडा संगै गाडी भाडा खर्च उपलब्ध गराउदै आएको अस्पताल स्रोतले जनाए ।

 

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१