Siraha Times
ताजा समाचार

पालिकाको बेतिथी र भ्रष्टाचार विरुद्ध एमालेको चासो

  • साउन ४, २०८२
  • ७७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल सिरहा ४ साउन । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका को बेतिथी र भ्रष्टाचार विरुद्ध नेकपा एमाले लक्ष्मीपुर पतारी गा. पा. कमिटीको चासो बढेको छ। हिजो ३ साउनमा पार्टी पालिका अध्यक्ष एवम वाडा अध्यक्ष ब्रहमदेव यादवको अध्यक्षतामा प्रदेश कमिटी सदस्य मधेस प्रदेश सिरहा क्षेत्र न. १(क) को सांसद पालिका ईन्चार्य माननीय राजेन्द्र प्रसाद चौधरीको प्रमुख अतिथिय्तामा प्रदेश कमिटी सदस्य मोहित राईन, सरियार चौधरी , पुर्ब गा. पा. अध्यक्ष रामबल्भ साह , जिल्ला कमिटी सदस्य एवम भु. पु. सितापुर गा. बि. स. अध्यक्ष देबनारायण साह सहित बसेको बैठक बाट पालिका भित्र भैरहेको बेथिति र भ्रष्टाचार विरुद्ध चासो बढेको नेता देवनारायण साहले जनाएका छन।

उक्त बैठकमा जिल्ला कमिटी सदस्य नवीन गुप्ता ,अशोक मण्डल,पुर्ब जि. क. स. तारिणी प्रसाद यादव ,पालिका कमिटी उपाध्यक्ष रामसेवक साह,सचिव प्रमोद कुमार सिंह ,उप-सचिव बिष्णुदेव यादव ,लगायत पालिका कमिटी सदस्यहरु,वाडा कमिटी अध्यक्षहरु,वाडा अध्यक्ष प्रतियासिहरु,लगायत सम्पुर्ण युवा अध्यक्षहरू सहित विभिन्न जन वर्गीय संगठनका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। बैठकमा बिधमान अबस्थामा गाउँपालिका लक्ष्मीपुर पतारीको बिकास निर्माण देखि संचालन खर्च, गाडी दुरुपयोग ,इन्जिनियर करार सेवामा राखी व्यापक भ्रष्टाचार अस्थाई इन्जिनियर सडक छाप सामान खरिदमा व्यापक दुरुपयोग,सभा सेमिनार, तालीम गोष्ठी,भ्रमण,ईन्धन खरिद जस्तो कार्यमा व्यापक अनियमिताको गन्ध प्राप्त भएकोले ने.क.पा. एमाले लक्ष्मीपुर पतारीको गम्भीर ध्यानाकर्षण भएको नेता साहले बताए।

उक्त बैठकमा उठेका अन्य थप बिषयहरु विपक्षी पार्टीका जनप्रतिनिधिलाई कुनै वास्ता नै नगरी गा.पा. अध्यक्ष चौतरा नन्द सिंह नेतृत्वको स्थानीय सरकार मनोमानी ढंगले संचालन भैरहेको र पालिका बासी सास्ती खेप्दै आइरहेको बैठकको निष्कर्ष रहेको नेता साहले बताएका छन। नेता साह अगाडी थप्दै दिन प्रतिदिन विपक्षीलाई कम बजेट बिनियोजन गरि पेल्न खोजेको र कृषि र किसान प्रति स्थानीय सरकार गम्भीर नरहेको बिषयलाई मध्यनजर गर्दै नेकपा एमाले जगत प्रसादको अध्यक्षता ३१ सदस्यीय संघर्ष समिति गठन गरि भोलि ११ बजे गा.पा लक्ष्मीपुर पतारिमा जाने सर्ब सहमत निर्णय गरि बैठक सम्पन्न भएको नेता साहले जनाए।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१