Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेजद्धारा सशस्त्रका एसपी धिमाललाई सम्मानपूर्वक विदाई

  • साउन २, २०८२
  • ७१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २ साउन । वीरगंज स्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई एक विशेष समारोहका बिच सम्मानपूर्वक विदाई गरेको छ । पर्सामा कार्यरत रहँदा समाजिक उत्तरदायित्व र सुरक्षामा उल्लेखनिय योगदान पु¥याएको भन्दै कलेज प्रशासनले धिमालको सम्मान सहित विदाई कार्यक्रम आयोजना गरेको हो । कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कलेजका प्रबन्ध÷निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डाक्टर ईसरत जहाँ अन्सारी, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डाक्टर के.एन. सिंह लगायत पर्सेली सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा वक्ताहरूले धिमालको कार्यकाललाई स्मरणीय बताउँदै, वीरगंजको शान्ति सुरक्षामा उनको भूमिकाको प्रशंसा गरेका थिए । कार्यक्रम समापनमा उपरीक्षक धिमालले पनि नेशनल मेडिकल कलेज प्रति आभार प्रकट गर्दै, सामाजिक संस्थाहरूको साथले प्रहरी प्रशासनको काम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताए ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा पहिलो ...

उमेश कुमार साह बोदे बर्साईन । विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको भन्दै बोदे बर्साईनका व्य ...

भालुवाहीको सदाय बस्त ...

ओम प्रकाश यादव लहान जेष्ठ ०२ । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा न. ११ भालुवाही मा सरकारले ल्याएको ...

भक्ति र विकासको सङ्ग ...

विनोद अविरल ,​सिराहा, १ जेठ । समयको अन्तरालसँगै जीर्ण बन्दै गएको सिराहाको ऐतिहासिक ‘चैनपुर बजा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१