"जलवायु परिवर्तन र हानिकारक कृषि अभ्यासबारे युवा सञ्जाल अभिमुखीकरण कार्यक्रम लहानमा सुरु"

  • साउन २, २०८२
  • ३१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान साउन २ । सिरहा जिल्लाको लहानमा ‘सशक्त, समृद्ध, सम्मानित किसान सबल महासंघ’ अन्तर्गत जलवायु परिवर्तन र हानिकारक कृषि अभ्याससम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। केयर नेपालको सहयोगमा र राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशको आयोजनामा सोमबारदेखि सुरु भएको उक्त कार्यक्रम सम्राट होटेलको सभाहलमा भइरहेको छ। कार्यक्रम विशेषगरी युवाहरूका लागि लक्षित गरिएको छ, जसले कृषि क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव र त्यसबाट बच्ने उपायहरूबारे सचेतना तथा जानकारी प्रदान गर्ने उद्देश्य राखिएको छ।

May be an image of 6 people, people studying and text

कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशका प्रदेश सचिव यमुना प्रसाद यादवले बोल्दै भने, "जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा गम्भीर असर परेको छ। कहिले अनावृष्टि, कहिले अति वर्षा, बाढी, डढेलो र नयाँ नयाँ रोगको प्रकोपले किसानको जीवन कठिन हुँदै गएको छ। हामीले विगत लामो समयदेखि यस विषयमा सरोकारवालासँग समन्वय र सहकार्य गर्दै विभिन्न तालिम, गोष्ठी, सभा, सेमिनार, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ। तर पनि अहिले सम्म तीनै तहका सरकारहरूको ध्यान गम्भीर रूपमा गएको छैन। यो दु:खद पक्ष हो भन्नुपर्छ।"

May be an image of 6 people, people studying and text

उनले थपे, "कृषकहरू जलवायु परिवर्तनका कारण रोजगारी गुमाउने र जीवन निर्वाहमा समस्या भोगिरहेका छन्। त्यसैले यस्ता कार्यक्रमबाट युवा पुस्ता जागरूक भई आफ्ना क्षेत्रमा सुधार ल्याउन प्रेरित होऊन् भन्ने हाम्रो उद्देश्य हो।" कार्यक्रममा मधेस प्रदेशका कृषि विज्ञहरू, वातावरणविद्, सामाजिक अभियन्ता, युवा प्रतिनिधि, पत्रकार तथा विभिन्न कृषक समूहका सदस्यहरूको उपस्थिति थियो। कार्यक्रममा सहभागीहरूलाई जलवायु परिवर्तनका कारण आउने समस्या, यसको समाधान, वातावरणीय संरक्षण र हरित कृषि प्रविधि प्रयोग सम्बन्धमा विभिन्न सत्रहरूमा प्रशिक्षण दिइँदैछ।

May be an image of 7 people, people studying and table

केयर नेपालका प्रदेश संयोजक सुरेश महतोले कार्यक्रममा बोल्दै भने, "केयर नेपालले जलवायु परिवर्तन र हानिकारक कृषि अभ्यास विरुद्ध विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। मधेस प्रदेशका कृषकहरूको जीवनस्तर सुधारका लागि यस्तो खालका कार्यक्रमहरू आवश्यक छन्। युवाहरू नै परिवर्तनका संवाहक हुन्, त्यसैले उनीहरूलाई सक्षम र सशक्त बनाउन हामी सधैँ तत्पर छौँ।" युवा सञ्जालका प्रतिनिधि सञ्जय यादवले भने, "हामी युवाहरूले कृषिमा वैज्ञानिक र वातावरणमैत्री अभ्यास अपनाउनुपर्छ। रासायनिक मल, विषादी प्रयोग घटाउनु पर्नेछ। यस्ता कार्यक्रमले हामीलाई नयाँ जानकारी र सीप सिक्न सघाउँछ।"

May be an image of 8 people, people studying and text

कार्यक्रममा जलवायु परिवर्तन सम्बन्धी विभिन्न अनुसन्धान प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो। साथै, सहभागीहरू बीच समूह छलफल, अनुभव आदानप्रदान र कार्य योजना निर्माण पनि भइरहेको आयोजकले जनाएको छ। महासंघका अनुसार जलवायु परिवर्तनको असर मधेस प्रदेशमा बढ्दो क्रममा छ। विशेषगरी सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लाहरूमा खेतीयोग्य जमिन बाँझिन थालेको, उब्जनी घटेको, मौसममा असामान्य परिवर्तन देखिन थालेको तथ्यांकले देखाएको छ। तसर्थ, सरकार र सम्बन्धित निकायले गम्भीरतापूर्वक चासो दिनुपर्ने आवश्यकता रहेको महासंघका पदाधिकारीहरूले जोड दिएका छन्।

कार्यक्रम भोलि साउन ३ गते समापन हुने छ। समापन सत्रमा अभिमुखीकरणमा सहभागी युवाहरूलाई प्रमाणपत्र वितरण गरिने र भविष्यमा जलवायु परिवर्तन विरुद्धका साझा योजना अघि बढाउने सहमति गरिने आयोजकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्ध ...

वीरगंज २ साउन । वीरगंज स्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक ...

वरिष्ठ सर्जन डा. सफि ...

रहमुल लहान साउन २ । सामाजिक सेवा, मानवीय सहानुभूति र नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय ...

सिरहामा वृक्षारोपण त ...

ओम प्रकाश यादव लहान, असार ३२ । सिरहाको विभिन्न स्थानहरूमा वृक्षारोपण तथा नर्सरी कार्यको अनुगमन गरिएक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१