Siraha Times
ताजा समाचार

वरिष्ठ सर्जन डा. सफिऊर रहमानलाई नेपाल–भारत मैत्री युवा संघद्वारा विशेष सम्मान

  • साउन २, २०८२
  • ८८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान साउन २ । सामाजिक सेवा, मानवीय सहानुभूति र नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएका वरिष्ठ जनरल सर्जन तथा ल्याप्रोस्कोपिक सर्जन डा. सफिऊर रहमानलाई नेपाल भारत मैत्री युवा संघ (Nepal India Friendship Youth Association - NIFYA) ले विशेष सम्मान प्रदान गरेको छ।

संघले रहमुलमा आयोजना गरेको विशेष समारोहमा डा. रहमानलाई सम्मानपत्र प्रदान गर्दै स्वास्थ्य सेवा क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रिय अध्यक्ष, सहमहामन्त्री तथा खानेपानी मन्त्री महेन्द्र यादवले डा. रहमानको मानव सेवामा समर्पित भावनाले हजारौं जीवनमा सकारात्मक प्रभाव परेको बताए।

डा. रहमान विशेष गरी नेपाल तथा भारतका असहाय, अशक्त, दृष्टिबिहिन, बेसहारा, अनाथ, अभिभावक बिहिन, सडक आश्रित तथा आर्थिक रूपमा कमजोर बिरामीहरूको उपचार निःशुल्क वा अत्यन्त कम शुल्कमा गर्दै आउनुभएको छ। उहाँको सेवा भावनाले विगत दुई दशकदेखि हजारौं बिरामीहरूलाई नयाँ जीवन दिएको आयोजकहरूले बताएका छन्।

समारोहमा नेपाल भारत मैत्री युवा संघका मोरङ जिल्ला अध्यक्ष तथा युवा नेता मो. नसरुल, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, कोशी प्रदेश सांसद अमृत अर्याल, उद्योग परिषद तथा संविधान सभा सदस्य पवन सारडा, कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, दुहबी नगरपालिका मेयर बेद नारायण गच्छदार, महासचिव कृष्णा सिंह, विराटनगरका युवा नेता रंजित झा, अररिया जिल्लाका लोक सभाका सांसद प्रदीप कुमार सिंह, फार्बिसगंज विधान सभाका विधायक विद्या सागर केसरी, भारतीय प्रदेश सदस्य अजय झा, जोगबनीका पूर्व विधायक देबेन्दी देवी यादव, जोगबनी वडा समितिका सदस्य प्रभात सिंह, अजय, दुबै, खुशबु लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

May be an image of 4 people and text that says 'Seminar'

उपस्थित वक्ताहरूले डा. रहमानको चिकित्सा क्षेत्रमा दीर्घ योगदान, मानवता प्रतिको श्रद्धा र दुई देशबीचको मित्रता सुदृढ पार्न उहाँले खेलिरहेको भूमिकाको प्रसंसा गरे। नेपाल भारत मैत्री युवा संघले सामाजिक उत्तरदायित्वप्रति उदाहरणीय कार्यको कदर गर्दै यस्तो समर्पित व्यक्तित्वलाई सम्मान गर्नु गौरवको विषय भएको पारस हस्पिटलका संचालक तथा प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए।

May be an image of 3 people, dais and text

उनका अनुसार, चिकित्सा क्षेत्रमा सेवा भावनालाई मात्र प्रधान मान्ने व्यक्तिहरूलाई सम्मान गर्दा समाजमा सकारात्मक सन्देश पुग्ने विश्वास संघले लिएको छ। कार्यक्रममा सहभागी व्यक्तिहरूले दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ पार्ने कार्यमा स्वास्थ्य सेवा जस्ता मानवीय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूको महत्व झनै बढेको धारणा राखेका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो। समारोह अन्त्यमा संघका पदाधिकारीहरूले डा. रहमानलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सेवामूलक कार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

अध्यक्षकै टोलको सडक ...

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हि ...

सिरहामा नेपाली कांग् ...

रहमुल लहान, २० असार । नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१