ताजा समाचार

सिरहाको कमला र बलान नदिमा पानीको बहाब उच्च, सिराहा ,सप्तरी र धनुषाकाे कमला नदि आसपासका गाउँमा डुवानमा

  • असार २९, २०७६
  • १५९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , सिराहा,असार २९ । सिरहा , सप्तरी र धनुषा तराईको कमला नदी र बलान नदीमा पानीको बहाब अहिलेसम्मकै उच्च रहेको स्थानीयले बताउछन ।  सिरहा , सप्तरी र धनुषा जिल्ला जोडने कमला नदीमा पानी खतराको सहतभन्दा पनि माथि नाघेको जनाइएको छ । कमलाको पानीमा उच्च बहाब आएपछि आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहा र सप्तरी, धनुषा र जिल्ला प्रशासन कार्यालय सिरहाले कमला किनारमा रहेको गाउँहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षाकर्मी समेत परिचालन गरेको हो ।  धनुषाको कमला नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ , सहिदनगर नगरपालिकाको वडा नं. २ बतराहीमा कमलाको पानी पस्ने सम्भावना प्रबल भएको छ भने सिरहाको , लहान ,नबराजपुर , नहर्निया , कजरा , सोठियाईन , देबनगर , भगवानपुर , सिनुरिया र बसपिटटा, सिरहा, कल्याणपुर, चतरी, पर्साही, फुलबरिया लगायतका गाउँहरुमा समेत खतरोको संकेत देखिएको जनाइएको छ । दुवै जिल्लाका प्रशासनले उक्त क्षेत्रहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षित स्थान खोज्न आग्रह गरेको हो ।  बलान खोला र खुटि खोलामा पानीको बहाब निरन्तर उच्च हुँदै गएकोले पानी अहिले खतराको सहतभन्दा माथि आएको देखीन्छ । विभागले  - "कमला नदी(धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तह भन्दा ज्यादै माथि पुगेको र वर्षा हुने क्रम जारी रहने देखिएकोले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनु हुनेहरू आज असार २८ गते दिनभर सुरक्षित स्थानमा बस्न वा रहनुहुन अनुरोध गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤