बिपद् व्यवस्थापन समितिको कार्यक्रम सिरहामा समपन्न

  • असार ३१, २०८२
  • ४५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार ३१ । सिरहा जिल्लामा बिपद् व्यवस्थापनको प्रभावकारी तयारी तथा समन्वयलाई अझ मजबुत बनाउने उद्देश्यका साथ आज मिति २०८२ असार ३१ गते मंगलबारका दिन विशेष कार्यक्रम सम्पन्न भएको छ। सदरमुकाम सिरहास्थित रमझम होटेलमा आयोजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश कुमार महतोको प्रमुख आतिथ्यमा तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बिश्व प्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो।

May be an image of 10 people and people studying

कार्यक्रममा जिल्ला भित्रका विभिन्न कार्यालय प्रमुखहरू, प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, रेडक्रस, NGO, INGO लगायत सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि दिनेश कुमार महतोले बिपद् व्यवस्थापन जिल्लाको प्रमुख प्राथमिकता रहेको बताउँदै भन्नुभयो, “वर्षा, बाढी, डुबान, आगलागी जस्ता प्राकृतिक प्रकोपसँगै सडक दुर्घटना, विषादीजन्य घटना जस्ता मानवसिर्जित जोखिमहरू पनि बढ्दै गएका छन्। त्यसैले सबै निकायहरूबीच समन्वय, सहकार्य र साझा योजना आवश्यक छ।”

कार्यक्रमको अध्यक्षता गर्दै प्रजिअ बिश्व प्रकाश अर्यालले बिपद् व्यवस्थापन केवल सरकारी जिम्मेवारी मात्र नभई समुदाय र गैरसरकारी निकायहरूको पनि साझा दायित्व रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारी संयन्त्रलाई सशक्त बनाउन मात्र होइन, स्थानीय जनताको सहभागितासहितको कार्ययोजना आवश्यक छ। हामी समयमै पूर्वतयारी गर्दै, उद्धार र राहत व्यवस्थापनमा चुस्त हुनुपर्छ।” कार्यक्रममा रेडक्रस, UNDP, World Vision लगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले जिल्लामा बिपद् व्यवस्थापनमा भइरहेको योगदान र आगामी योजना प्रस्तुत गरेका थिए। स्थानीय तहका प्रमुखहरूले बाढी तथा डुबान जोखिम भएका क्षेत्रहरूको तथ्यांक र समस्या उल्लेख गर्दै राहत र पुनःस्थापनामा केन्द्र र प्रदेश सरकारसँग समन्वय आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा प्राविधिक विशेषज्ञहरूले बिपद् जोखिम न्यूनीकरणका उपायहरू, पूर्वसूचना प्रणाली, आपतकालीन सञ्चार संयन्त्र लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहभागीहरूलाई जानकारी गराएका थिए। अन्त्यमा कार्यक्रमका संयोजक तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारीले धन्यवाद ज्ञापन गर्दै सबै सरोकारवालाहरूलाई आगामी दिनहरूमा अझ बढी समन्वय र सहकार्य गर्न आग्रह गरेका थिए। कार्यक्रम दिनभरि चल्ने गरी सम्पन्न भएको थियो। सहभागीहरूले यो कार्यक्रम जिल्लामा बिपद् व्यवस्थापन सुदृढ बनाउनका लागि महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१