धनगढीमाई १४ अमिल्टारमा निर्माणधीन रुद्र गणेश मन्दिर अवलोकन—धार्मिक पर्यटन प्रवर्द्धनतर्फ महत्वपूर्ण कदम

  • असार २९, २०८२
  • ६४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान अषाढ़ २९ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १४ स्थित अमिल्टारमा निर्माणाधीन रुद्र गणेश भगवानको मन्दिर अवलोकन गर्न पाउँदा आफु सहित स्थानीयवासी तथा श्रद्धालुहरूमा विशेष उत्साह र प्रफुल्लता देखिएको छ। नेपाल पत्रकार महासंघ सिरहा शाखाका सक्रिय सदस्य बिनोद मण्डलको अगुवाईमा सुरु गरिएको यो धार्मिक कार्यले गाउँकै मात्र होइन, आसपासका क्षेत्रहरूमा पनि सकारात्मक चर्चा पाउन थालेको छ।

पूर्व–पश्चिम राजमार्ग देखि उत्तर अति विकट क्षेत्र मानिने सर्रे अमवास जाने बाटो भन्दा अलिक माथि रहेको अमिलटारमा यो मन्दिर निर्माणको थालनी भएको हो। दुर्गम क्षेत्र भएकाले यहाँ पूर्वाधार विकास सुस्त भएको भए पनि धार्मिक तथा सांस्कृतिक जागरण ल्याउने उद्देश्यले स्थानीय स्तरबाट पत्रकार बिनोद मण्डलले पहल सुरु गरिएको जनाइएको छ। मन्दिर अवलोकनका क्रममा पत्रकार बिनोद मण्डलले बताएअनुसार, “अमिलटार क्षेत्रमा धार्मिक स्थल निर्माणसँगै सामाजिक सद्भाव र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। स्थानीय युवा तथा बृद्धबृद्धाको समेत सहकार्यमा निर्माण कार्य अघि बढाइएको हो।”

धनगढीमाई नगरपालिका–१४ का स्थानीयबासी र श्रद्धालुहरूका अनुसार मन्दिरको निर्माण सम्पन्न भएसँगै यहाँ हरेक वर्ष विभिन्न धार्मिक पर्वहरू आयोजना गरिने योजना रहेको छ। विशेषगरी गणेश चतुर्थी, तीज, दशैं र अन्य चाडपर्वमा मेला र पूजाआजाको कार्यक्रम सञ्चालन गरिनेछ। मन्दिर निर्माण कार्य अहिले पनि सक्रिय रूपमा जारी रहेको छ। आवश्यक आर्थिक स्रोत जुटाउन पत्रकार मण्डलले सहयोग सङ्कलन अभियान पनि चलाएका छन्। हालसम्म मन्दिरको जग र आधार निर्माण भइसकेको र निकट भविष्यमै शिखर निर्माण कार्य अघि बढाइने जानकारी दिइएको छ।

धार्मिक स्थलले मात्र नभई अमिलटार जस्तो दुर्गम बस्तीमा विकासको नयाँ आशा र ऊर्जा थप्ने विश्वास पत्रकार मण्डलले व्यक्त गरेका छन्। पत्रकार मण्डल लगायत स्थानीय राजनीतिक दल, समाजसेवी तथा धार्मिक संघ–संस्थाले पनि स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

वीरगन्जमा एमालेको शक ...

रंजित चौरसिया,वीरगंज २३ माघ । नेकपा एमाले वीरगन्ज महानगर कमिटीको आयोजनामा केन्द्रिय उपमहासचिव तथा यु ...

सिरहा नपा–१७ मा जेष् ...

नरेशचन्द्र बरबरिया सिरहा माघ २३  । सिरहा नगरपालिका–१७ मा जेष्ठ नागरिक, एकल महिला, अपाङ्गत ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २३ माघ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगञ्जबीच स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१