Siraha Times
ताजा समाचार

नवराजपुर–५ मा डिप बोरिङ सञ्चालन, कृषकलाई दीर्घकालीन सिंचाइ समाधान : अध्यक्ष यादवद्वारा ऐतिहासिक पहल

  • असार २९, २०८२
  • ८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान अषाढ़ २९ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. ५ मा अध्यक्ष शिव उदगार यादवको नेतृत्वमा डिप बोरिङ सञ्चालन गरी कृषकहरूलाई दीर्घकालीन सिंचाइको समाधान प्रदान गरिएको छ। नवराजपुर गाउँपालिका वडा नं. ५ का किसानहरू विगत धेरै वर्षदेखि सिंचाइ सुविधाको अभावमा कठिन जीवन बिताउँदै आएका थिए। खेतमा बिउ सुक्ने, पसिनाको मूल्य नपाइने, उत्पादन घट्नेजस्ता समस्या दैनन्दिन बन्ने गरेका थिए। राज्यका तर्फबाट विभिन्न समयमा आश्वासन दिइए पनि वास्तविक कार्यान्वयन हुन सकेको थिएन।

यही पृष्ठभूमिमा अध्यक्ष यादवले किसानहरूको समस्या गम्भीर रूपमा लिँदै डिप बोरिङ सञ्चालनको जिम्मा लिनुभयो। स्थानीयस्तरमै पहल गरेर करिब २५० फिट गहिराइमा बोरिङ खनिएको हो। बोरिङ सञ्चालनमा आएपछि अब दर्जनौं हेक्टर खेतमा नियमित सिंचाइ पुग्नेछ। डिप बोरिङ उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले भन्नुभयो, “वर्षौंदेखि यहाँका किसानहरू पानी अभावले पीडित हुनुहुन्थ्यो। अब त्यो समस्या अन्त्य भएको छ। कृषिमा उत्पादन बढाउने र किसानको जीवनस्तर उकास्ने हाम्रो लक्ष्य हो।”

कार्यक्रममा सहभागी स्थानीय कृषकहरू खुशी व्यक्त गर्दै “पहिले खेती गर्दागर्दै बिउ सुक्थ्यो। अहिले भने पानीको चिन्ता हटेको छ। हाम्रो पसिनाले अब फल दिन्छ।” स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा र कृषकहरूको सहभागिता रहेको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले किसानहरूको समृद्धिका लागि आगामी दिनमा थप योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो पहललाई स्थानीयवासीले ऐतिहासिक कार्यका रूपमा लिएको बताउँदै आएका छन्। स्थानीयहरूको भनाइमा, जब जनप्रतिनिधिले जनताको वास्तविक समस्या बुझेर समाधान गर्छन्, त्यही नै साँचो विकास र परिवर्तन हो। नवराजपुर–५ मा सञ्चालनमा आएको डिप बोरिङले अब यहाँका कृषकहरूको कृषि उत्पादन वृद्धि मात्र होइन, समग्र आर्थिक अवस्थालाई समेत सबल बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१