बरियारपट्टी वडा नं. ३ मा दलित समुदायलाई ग्यास सिलिन्डर र सामग्री वितरण

  • असार २७, २०८२
  • ८७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान अषाढ २७ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा आ.व. २०८१/८२ को वडा स्तरीय विनियोजित बजेट अन्तर्गत दलित समुदायका १२६ घरधुरीलाई ग्यास सिलिन्डर र अन्य आवश्यक सामग्री वितरण गरिएको छ। मिति २०८२ साल असार २४ गते मंगलवारका दिन आयोजित कार्यक्रममा वडाध्यक्ष विनोद कुमार यादवको प्रमुख आतिथ्यतामा सो सामग्री वितरण गरिएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष यादवले समाजमा व्याप्त छुवाछूत, भेदभाव र पिछडिएको वर्गको जीवनस्तर उकास्नका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।

"हामीले वडा स्तरीय दश लाख रुपैयाँ बजेट विनियोजन गरेर दलित समुदायका १२६ घरपरिवारलाई एक–एक थान ग्यास सिलिन्डर, ग्यास चुल्हो, ग्यास पाइप, रेगुलेटर, ग्यास लाइटर र दुई वटा पिन वितरण गरेका छौं," वडाध्यक्ष यादवले भन्नुभयो, "यसबाट उनीहरूलाई खाना पकाउन सहज हुनुका साथै वातावरणमैत्री प्रविधिको प्रवर्द्धन पनि हुने छ।"

कार्यक्रममा वडा सचिव, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी वर्ग, सर्वसाधारण तथा लाभग्राही घरपरिवारका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले यस्तो कार्यक्रमले सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। लाभग्राहीले भने, "हामीजस्ता गरीब दलित परिवारलाई यस्तो सहयोग अहिलेसम्म पाएका थिएनौं। ग्यास चुल्हो पाएपछि दाउरा खोज्नुपर्ने झन्झट हट्यो, समय र श्रम पनि बचत हुन्छ।"

वडाध्यक्ष यादवले आगामी दिनमा पनि पिछडिएको समुदायलाई लक्षित गरी थप कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी तथा आयआर्जन क्षेत्रका योजनाहरूमा समेत प्राथमिकता दिइनेछ। कार्यक्रम संयोजक तथा वडास्तरीय योजना तर्जुमा समिति सदस्यले दलित समुदायलाई परम्परागत दाउरा तथा फोहोर इन्धनबाट मुक्त गराउन यो योजना विशेष रूपले बनाइएको बताएका छन्। कार्यक्रम समापन गर्दै वडाध्यक्ष यादवले सबै घरपरिवारले सामाग्रीको राम्रो सदुपयोग गरी स्वच्छता र स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

वैदेशिक रोजगारीमा रह ...

रहमुल, सिरहा, २ चैत्र । सिरहाको मिर्चैया नगरपालिका–११ सीतापुर निवासी राजलाल यादवले वैदेशिक रोज ...

सिरहाको गोलबजारमा दल ...

लहान, २ चैत्र। दलित समुदायमाथि बढ्दै गएको हिंसा तथा विभेदको विरोधमा सिरहाको गोलबजारमा र्‍याली तथ ...

लहान प्रादेशिक अस्पत ...

रहमुल लहान, २ चैत। सिरहा जिल्लाको लहान नगरपालिका ३ स्थित रहेको रामकुमार शारडा उमा प्रसाद मुरारका प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१