Siraha Times
ताजा समाचार

लहान-१२ मा नवनिर्मित स्वास्थ्य चौकी उद्घाटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण फड्को

  • असार २६, २०८२
  • ८३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र नेपाल लहान अषाढ़ २६ । लहान नगरपालिका–१२ मा नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटनसँगै स्थानीयवासीमा हर्ष छाएको छ। केही वर्षदेखि कांग्रेसका मेयर महेश प्रसाद चौधरीको नेतृत्वमा लहान नगरपालिकामा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ। विशेषतः लहान–१२ को पडरिया माविमा अङ्ग्रेजी तथा नेपाली माध्यमबाट पठनपाठन सुरु भएसँगै स्थानीयस्तरमै गुणस्तरीय शिक्षाको पहुँच विस्तार भएको छ।

स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा पत्रकार महासङ्घका सभापतिले अब सामान्य बिरामीदेखि आकस्मिक सेवासमेत यही स्वास्थ चौकिबाट पाइने भएकाले अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको बताए। पूर्व–पश्चिम राजमार्गकै छेउमा पर्ने यो स्वास्थ्य चौकीले सडक दुर्घटना तथा आकस्मिक अवस्थाहरूमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका मेयर महेश चौधरीले आफ्नो कार्यकालमा शिक्षा र स्वास्थ्यमा ठोस काम गर्न सफल भएको बताए। उनले अगामी दिनमा लहान–१२ लाई "सुख्खा क्षेत्र" घोषणा गर्ने र त्यसअनुसार प्रदेश तथा संघीय सरकारबाट विशेष सुविधा ल्याउने आस्वासन समेत दिए। साथै, सबै वडाका किसानहरूलाई आवश्यक सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार हालसम्म नगरपालिकाले १३ वटा वडा कार्यालयका लागि आफ्नै भवन निर्माण गरिसकेको छ, जसमा जनताको सेवा सुचारु छ। बाँकी रहेका ५ वटा वडाका लागि आगामी आर्थिक वर्षमा भवन निर्माण गरिने योजना रहेको मेयर चौधरीले जानकारी दिए।वडा अध्यक्ष बद्री चौधरीले विकासको यो गति स्थानीय जनताको सपना साकार बनाउने दिशामा रहेको बताए। केही वर्ष अघिसम्म लथालिङ अवस्थामा रहेको स्कुल व्यवस्थापन, शिक्षकहरूको बेफिक्रीपन तथा मोनोपोली अब अन्त्य भइसकेको भन्दै उनले सकारात्मक सोच र विकासमा सबैको सहयोग रहेको उल्लेख गरे। शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा लहान नगरपालिका–१२ अब उदाहरणीय बन्दै गएको स्थानीयबासीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१