सुरुङ्गा नगरपालिकाको १५ औं नगरसभाको दोस्रो बैठक सम्पन्न

  • असार २६, २०८२
  • ३५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव, सप्तरी, २६ असार । सप्तरीको सुरुङ्गा नगरपालिकाको १५ औं नगरसभाको दोस्रो बैठक बिहिबार सम्पन्न भएको छ । बैठकले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम, वार्षिक बजेट, योजना तथा कार्यक्रम तथा अन्य विधेयकहरू सर्वसम्मत रुपमा पारित गरेको छ । नगरसभाको पहिलो बैठक असार ९ गते बसेको थियो, जसमा आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । आज सम्पन्न दोस्रो बैठकमा विस्तृत छलफलपछि नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, न्यायिक समितिको २०८१/८२ को प्रतिवेदनसहित सबै दस्तावेजहरू ध्वनिमतबाट पारित गरिएको हो ।

May be an image of 3 people and people studying

नगर प्रमुख गिता चौधरीले कार्यक्रमको अध्यक्षता गर्दै नगरसभामा नीति तथा कार्यक्रमसहित बजेट विवरण प्रस्तुत गरेकी थिइन् । उनले नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १ अर्ब ४४ लाख ९६ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको जानकारी दिइन् । मेयर चौधरीका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटमध्ये ७८.४७ प्रतिशत खर्च भएको विवरण पनि सार्वजनिक गरिएको छ । चालुतर्फको ४७ करोड ७६ लाख ४ हजार २ सय ४६ रुपैयाँको विनियोजनमा ४० करोड ३३ लाख ३ सय ३८ रुपैयाँ (८४.४४%) खर्च भएको छ भने, पुँजीगत तर्फ विनियोजित २६ करोड २३ लाख ४७ हजार ३ सय ५५ रुपैयाँमध्ये १७ करोड ७३ लाख ८३ हजार ५ सय ५९ रुपैयाँ (६७.६१%) खर्च भएको हो ।

May be an image of 3 people and people studying

मेयर चौधरीले नगरसभा संचालन कार्यविधि २०७४ को दफा १६ बमोजिम विस्तृत छलफल गर्दै सबै प्रस्तावहरू सर्वसम्मत रुपमा पारित गरिएको स्पष्ट पारिन् । कार्यक्रममा उपमेयर रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रा, जिन्सी शाखा प्रमुख राजकुमार यादव, प्रशासन शाखा प्रमुख घनश्याम पोखरेल, नगर इन्जिनियर इन्द्र प्रसाद चौधरी, नगर प्रवक्ता शिबदर्शन पासमान, वडा नं. १ देखि ११ सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

May be an image of 2 people and people smiling

नगरसभामा सहभागी जनप्रतिनिधिहरू र कर्मचारीहरूले आर्थिक वर्ष २०८२/८३ मा जनउत्तरदायी र परिणाममुखी कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । साथै, योजना छनोट र कार्यान्वयन प्रक्रियामा पारदर्शिता, प्राथमिकताको आधार र सार्वजनिक सहभागिता सुनिश्चित गर्नुपर्ने सन्देश पनि बैठकबाट व्यक्त भएको थियो । नगरसभाको सफल समापनपछि उपस्थित सबै जनप्रतिनिधि र सरोकारवालाहरुले आगामी वर्ष नगरवासीको हितमा कार्य गर्न प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपालको नेतृत्व ...

असार २६ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट हालै गठन गरिएको केन्द्रीय परिसंघ (डोटिम) ले स ...

लहान-१२ मा नवनिर्मित ...

बिरेन्द्र नेपाल लहान अषाढ़ २६ । लहान नगरपालिका–१२ मा नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटनसँगै स्थ ...

लहान नगरपालिका-१३ मा ...

ओम प्रकाश यादव लहान, २५ असार । लहान नगरपालिका-१३ पक्कीटोलमा निर्माण सम्पन्न भएको अस्थायी प्रहरी चौकी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१