संजु कुमारी दास, लाहान, असार ३। गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ जना किशोरी हरुको सहभागितामा उनीहरुको आफ्नै शरीर र प्रजनन् स्वास्थय विषयमा जानकारी न भएको कारण विभिन्न समस्यामा पर्ने भएकोले विभिन्न प्रजनन् अंगहरुबारे गहीरीएर बुझ्न र त्यलाई स्वस्थ्य राख्ने सीपको विकाश होस् भनी मुक्ति नेपाल गोलबजारले उद्योग बाणिज्य संघको सभा हलमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि ३ दीने तालिम सम्मपन्न गरेको छ ।
उक्त कार्यक्रममा लिंङ्ग र लैङ्गिकता भनेको केहो ? लैङ्गिक हिंसा भनेको के हो ? यो कती प्रकारको हुन्छ ? हाम्रो समाजमा व्याप्त हानीकारक परम्परागत सामाजिक अभ्यासहरु के कस्तो छ, यसले महिला वा किशोरीहरुको स्वास्थ्यमा कसरी असर पारी रहेको छ ? साथै प्रजनन् स्वास्थ्यमा आउने समस्या र समाधानका उपायहरुको विषयमा गहन छलफल र सहज बुझाई हुने गरी कार्यक्रम सम्मपन्न गरीयो ।
मुक्ति नेपालकी अभ्यक्ष देवकुमारी महराले समाजमा व्याप्त लैङ्गिक विभेद र यसले पारेको प्रभाव विषयमा विस्तृत रुपमा छलफल गरी किशोरी हरुलाई यस्ता कुराहरुबारे सचेत गराउनु भएको थियो भने, लिंङ्ग र लैङ्गिकता मा फरक, समाजमा रहेको हानीकारक परम्परागत अभ्यास हरु, हाम्रा चलन, प्रचलन, संस्कृति र पितृसत्तात्मक परिवेश र पुरुषवादी सोचका आधारमा हुने हिंसा हरु बारे छलफल गर्नु भएको थियो । जसले किशोरीहरु भोग्दै आएका पिडा असहज परिस्थिति बारे खुलेर कुरा गर्न उत्प्ररीत भएको र समस्याहरु बाहीर ल्याएको थियो ।
त्यस्तै प्रशिक्षक दीपक भट्टराय ले हाम्रा समाजका समस्या र कानुनी प्रवधानका विषयमा जानकारी दीनु भएको थियो साथै अहिले को परिस्थितिमा सबै भन्दा बढी देखिएको समस्या उमेर न पुगि हुने विवाह रहेकोले यस प्रति सबै किशोरीहरु सचेत हुनु आवश्यक रहेको छ किन भने हाम्रो सामाजिक संरचनाले गर्दा पुरुष पनि पिडित हुन्छन् तर बढी पिडित महिला र बिशोरी हरु हुने भएकोले समय मै सचेत हुन र बाल विवाह न गर्ने भनी प्रतिबद्ध हुन जरुरी रहेको बताउनु भयो भने संजु कुमारी दासले प्रायः किशोरी हरु आफ्नो समस्या हरु पोख्ने ठाउ न पाएर भित्र भित्रै राखेर, पछि ठुलो मनोसामाजिक समस्यामा पर्ने गरेको हुन्छ र हाम्रो समाजमा त्यसलाइ भुत पे्रत लाग्यो भनी अंधविश्वासमा परेर सही परामर्श र उपचारको अभावले यस्ता समस्या झन् बढ्दै गई रहेको अवस्था लाई औल्याउदै यौन व्यवहार र यौन दुर्वेयवहार के हो ? यसका प्रकार हरु र हाम्रो समाजमा रहेको अभ्यासहरु, किशोरा अवस्थामा हुने मानसिक समस्या, सामाजिक अवस्था र मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन गर्ने उपायहरु बारे पनि छलफल गरीएको थियो । साथै पैड प्रयोग गर्ने तरिका, व्यवस्थापन, स्वच्छता, र सरसफाइमा कसरी ध्यान दीन सकिन्छ विषयमा जानकारी पस्केको थियो ।
कमयुनिटी नर्सिङ अधिकृत (प्रशिक्षक) तेजु श्रेष्ठले किशोरा अवस्था र प्रजनन् स्वास्थ्य, महिना बारी र स्वच्छता, गर्भ पतन र कानुनी प्रावधान बारे जनकारी गराउदै यस अवस्थामा हुने शारिरीक परिवर्तनका साथै मानसिक वा सम्वेगात्मक र सामाजिक परिवर्तनका विषयहरुमा छलफल र अन्तरक्रिया गरी किशोरीहरुको सिकाई र बुझाई लाई थप प्रोत्साहन गर्नु भएको थियो ।
उनले वास्तवमा यस्ता कुराहरु पाठ्यक्रममा समावेश भए पनि खुलेर बुझाउने चलन हाम्रो घर र विद्यालयहरुमा छैन जसले गर्दा प्रजनन् स्वास्थ्यलाइ हेर्ने हो भने सयमा तीन वा चार प्रतिशत महिला मात्र पुर्णरुपमा स्वस्थ्य रहेको एउटा तथ्याङ्कले देखाएको छ त्यसैले यस विषयमा किशोर किशोरी र अभिभावक पनि जानकार हुनु जरुरी छ बताउनु भयो ।
गोलबजार ३ की किशोरी अस्मिता यादव भन्नु हुन्छ हामीलाई यस्ता कुरा न घर मा कसैले भनेको थियो न स्कुलमानै, पैड प्रयोग गरेपछि त्यसलाई व्यवस्थापन गर्न सबै भन्दा राम्रो उपाउ जलाउनु हो भनी हामीले बुझ्यौ तर हाम्रो गांवमा महिनाबारी भएको समयमा प्रयोग गरेको वस्तु जलाउनु हुदैन, त्यस्तो गरेमा बाझोपन हुन्छ भनी हाम्री आमालेनै भन्नु हुन्छ ।
हामीले यस्तो हुदैन त्यो फोहोर फैलाउनु भन्दा जलाए केही हुदैन भने पनि हाम्रो कुरा मान्दैन र हामी पनि आमा बाबाको कुरा सही भए पनि गलत भए पनि मान्न बाध्य हुन्छौं । गोलबजार १ बलडाराकी निर्मला महतोले हामी अहिले सम्म यस्ता तालिम कतै पनि लिएकै थिएन । म एकदमै खुशी छु की म यस तालिममा सहभागि हुन पाए । आगामी दीनमा पनि यस्तै अन्य विषयहरुमा अझै तालिमको अपेक्षा राखेको थियो ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic