सखुवानन्कारकट्टीमा जसपाको पालिका स्तरीय बैठक सम्पन्न, संगठन निर्माण र निर्वाचन तयारीबारे गहन छलफल

  • असार १, २०८२
  • ६५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, असार १ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको पालिका स्तरीय बैठक पहिलोपटक नवनिर्वाचित अध्यक्ष नागेश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले पार्टीको संगठन निर्माणदेखि आगामी २०८४ सालको निर्वाचन तयारीसम्मका विषयमा गहन छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा पालिकास्तरीय सम्पूर्ण पदाधिकारीहरू, वडा नम्बर ५ का इकाई अध्यक्षहरू, विभिन्न नेताकार्यकर्ता, युवा विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश अध्यक्ष दीपेश यादवलगायतको उपस्थिति रहेको थियो।

बैठकको सुरुवातमा विगतको पालिका स्तरीय कमिटीको समीक्षा गरिएको थियो भने नयाँ दिशा र रणनीतिमा अघि बढ्नका लागि कार्ययोजना तय गरिएको थियो। प्रमुख एजेण्डाका रूपमा पार्टी पंक्तिलाई सशक्त बनाउन, स्थानीय सरकारका गतिविधिको लेखाजोखा गर्न, भ्रष्टाचारविरुद्ध आवाज उठाउने, भण्डाफोर कार्यक्रम सञ्चालन गर्ने, जनतामाझ संगठन विस्तार अभियानलाई अझ प्रभावकारी बनाउने र निर्वाचनमा कसरी सफल हुने भन्ने विषयमा गहिरो छलफल गरिएको थियो।

बैठकका क्रममा अध्यक्ष नागेश्वर यादवले केही दिनअघि वडा नम्बर ४ मा आयोजित बिस्तारित बैठकमा उठाइएका विषयहरूलाई पालिका तहमा प्राथमिकताका साथ समेटिएको जानकारी गराए। उनले संगठनलाई बलियो बनाउँदै चुनावमा सशक्त प्यानलसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। विस्तारित बैठकका प्रमुख वक्ताहरूले पनि आजको छलफलमा उल्लेखनीय योगदान दिएका थिए। निवर्तमान गा.पा. अध्यक्ष सते लाल यादवले युवाहरूको सक्रियता र जागरुकता उल्लेख गर्दै, नयाँ नेतृत्वमा युवालाई अगाडि ल्याउनु आवश्यक रहेको बताए।

युवा विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश अध्यक्ष दीपेश यादवले सखुवा वडा नं. ४ लाई पार्टीको संगठन निर्माणको केन्द्र बनाउने रणनीति सुनाउँदै, प्यानलसहित स्थानीय सरकारमा विजय हासिल गर्ने विश्वास व्यक्त गरे। महिला नेतृ तथा माननीय सञ्जीला यादवले जसपा नेपालको नेतृत्वमा महिलाको सहभागिता बढेको उल्लेख गर्दै आगामी दिनमा महिलाहरूको अग्रसरता देशको समृद्धिमा टेवा पुर्‍याउने धारणा राखिन्।

त्यस्तै, नेता तथा माननीय राजकुमार गुप्ताले सखुवा वडा नं. ४ लाई सबैभन्दा बढी मत ल्याउने वडा बनाउन ईमानदारीपूर्वक लाग्नुपर्नेमा जोड दिए। जनताको समस्यालाई प्राथमिकतामा राखी संगठन विस्तार गर्नुपर्ने उनको आग्रह थियो। बैठक अन्त्यतर्फ अध्यक्ष नागेश्वर यादवले आजको बैठकले जसपा नेपालको संगठन निर्माण र आगामी निर्वाचनका लागि रणनीतिक रूपमा मार्गचित्र तय गर्न महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे। बैठक सामूहिक प्रतिबद्धता र कार्यदिशाको साथ सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिका-१३ मा ...

ओम प्रकाश यादव लहान, २५ असार । लहान नगरपालिका-१३ पक्कीटोलमा निर्माण सम्पन्न भएको अस्थायी प्रहरी चौकी ...

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१