ताजा समाचार

रक्सीले मातेका प्रहरी निरीक्षकले कुटे ट्रक चालक, स्थानीयद्वारा कारबाहीको माग

  • चैत २३, २०७४
  • १०१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत २३, सर्लाही । मदिरामा लट्ठीएका प्रहरी निरीक्षक सहितको टोलिले बिहिबार सर्लाहीको नवलपुर बजारमा एकजना ट्रक चालकलाई निर्घात कुटपिट गरेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाही मलङ्गवाको मुध्दा फाँटमा कार्यरत प्रहरी निरिक्षक कुन्दन देव सहितको टोलिले ना ७ ख ८७४ नम्बरको ट्रकका चालक नीलहरी पौडेललाई कुटपिट गरेका हुन । कुटपिटबाट घाईते भएका पौडेलको शरिरको बिभिन्न भागमा चोट लागेको छ भने नीलडाम पनि जताततै रहेको छ । अपराधिक घटनामा पक्राउ परेका ब्यक्तिको अनुसन्धान गर्ने, शान्ति सुरक्षा कायम गर्ने जिम्मेबारी बोकेका प्रहरी निरिक्षक कुन्दन देबबाट एकजना ट्रक चालकलाई बीच बजारमा सयौ मानिसको सामुन्ने कुटपिट गरिएको हो । कानुनी राज्य, बिधिको शासन र मानबअधिकारको ठाडो उल्लघन गर्दै प्रहरी निरिक्षक देबले चालक कुटेका हुन ।Image may contain: 4 people, people standing and outdoor

ट्रक चालक कुटिएको बिरोधमा सर्लाहीको नवलपुरमा दुई घण्टा चक्काजाम भएको थियो । प्रहरीले बल प्रयोग गरेर चक्काजाम खुलाएपनि मजदुर र स्थानीयले दोषि प्रहरी निरिक्षकलाई कारबाहीको माग राखेका छन् । प्रहरी उपरिक्षक मसाउद आलम खाले उपचारको लागि चालक पौडेललाई लालबन्दिको अस्पतलामा पुर्याएका थिए । उनी उपचार पछि घर फर्किएको प्रहरी स्रोतले जनाएको छ ।चालक पौडेललाई प्रहरी निरीक्षक देवले साचोमा प्रयोग गरेको डोरीले हिर्काएको प्रहरी स्रोतले जनायो । भन्सार राजश्व नतिरिकनै भारतीय नम्बर प्लेटको जीप चढेका प्रहरी निरिक्षक देवले मदिरा पिएर मातिएको अबस्थामा रहेको स्थानीयको दाबी रहेको छ । चालक पौडेललाई कुटपिट गरेपछि आफु चढेको जीप समेत प्रहरी निरिक्षक देवले लुकाउन लगाएको स्थानीयले बताएका छन् । सर्लाहीको नवलपुर बजारमा डयुटीमा रहेका प्रहरी टोलि सहित प्रहरी निरिक्षक देवले ट्रक चालक पौडेललाई निर्घात कुटपिट गरिरहँदा स्थानीय बासिन्दा अचम्मित भएका थिए ।

Image may contain: 4 people, people standing and outdoor

Image may contain: one or more people and car

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤