जलवायु मैत्री गाउँ नेपाल (CSVN) परियोजना वार्षिक प्रगती समिक्षा तथा कार्ययोजना निर्माण कार्यशाला दुई दिने कार्यक्रम लहानमा सम्पन्न

  • जेठ ३०, २०८२
  • १४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३० जेठ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ" जलवायु मैत्री गाउँ नेपाल (CSVN) परियोजना वार्षिक प्रगती समिक्षा तथा कार्ययोजना निर्माण कार्यशाला दुई दिने कार्यक्रम सिरहाको लहान प्यासिफिक होटेलमा सम्पन्न भएको छ।

केयर नेपालको आर्थिक सहयोगमा र राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशको आयोजनामा संचालित उक्त कार्यक्रममा मधेश प्रदेश रुपनी गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, धनगढीमाई नगरपालिका र अग्नीसाइर कृष्णा सवरन गाउँपालिकाका कृषि बिकास र पशु सेवा शाखाका प्रमुख तथा प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, अगुवा किसानहरु, सिरहा सप्तरीका कृषि ज्ञान् केन्द्रका प्रतिनिधिहरु, डिभिजन वन कार्यालयका प्रतिनिधि र राष्ट्रिय कृषक समूह महासंघ मधेश प्रदेशका सम्पुर्ण पदाधिकारीहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा केयर नेपालका प्रतिनिधि केदार कोइरालाले कार्यक्रमको प्रस्तुतिमा जलवायु मैत्री गाउँ नेपाल (Climate Smart Village Nepal - CSVN) परियोजना एक वातावरणीय तथा ग्रामीण विकास केन्द्रित पहल हो, जसले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्दै ग्रामीण जीवनशैलीमा सुधार ल्याउने उद्देश्य राख्दछ। यो परियोजना नेपालका विभिन्न ग्रामीण क्षेत्रहरूमा सञ्चालन गरिएको छ, जहाँ जलवायु परिवर्तनका असरहरू बढी देखिएको छ बताए।

कोइरालाले आफ्नो प्रस्तुतिमा परियोजनाको मुख्य उद्देश्यहरू यसरी बर्णन गरेका थिए। जलवायु परिवर्तनको सामना गर्न सक्षम समुदाय निर्माण, गाउँस्तरमै जलवायु अनुकूलन र न्यूनीकरणका उपायहरू अपनाउने,दिगो कृषि प्रणाली विकास, जलवायु-सहिष्णु बाली, जैविक कृषि, र पानीको दिगो प्रयोग, ऊर्जा र स्रोतको दक्ष प्रयोग, नवीकरणीय ऊर्जाको प्रयोग (जस्तै: सौर्य ऊर्जा, बायोग्यास),समुदायमा सचेतना र क्षमता अभिवृद्धि स्थानीय जनशक्तिलाई तालिम, शिक्षा, र प्राविधिक सहयोगमा हरेक पक्षले जोड दिन जरुरी रहेको औल्याए। प्रशिक्षक कोइरालाले परियोजनाका प्रमुख गतिविधिहरूको बारेमा बताउदै क्षेत्रगत गतिविधि गर्न अहिलेको आवश्यकता रहेको बताएका हुन।

जस्तै कृषि साना सिंचाइ प्रणाली, जलवायु सहिष्णु बाली प्रवर्द्धन, जैविक मल प्रयोग ऊर्जा बायोग्यास प्लान्ट, Improved cookstoves (सुधारित चुलो), सौर्य बत्ती जल व्यवस्थापन वर्षा पानी संकलन प्रणाली, जल संरक्षण पोखरी,सामाजिक विकास महिला सMay be an image of 7 people, people studying, dais and text

शक्तिकरण, वातावरणीय शिक्षा कार्यक्रम, युवा सहभागिता आदि महत्वपुर्ण रहेको सुझाएका थिए। हाल सम्म यसका कार्यान्वयन क्षेत्रहरु CSVN परियोजना नेपालका विभिन्न जिल्ला (जस्तै: चितवन, कास्की, लमजुङ, नवलपरासी, रोल्पा आदि) मा परीक्षण (pilot) र कार्यान्वयन गरिएको छ प्रशिक्षक कोइरालाले बताएका हुन र यसका लागि सहकार्य गर्ने संस्थाहरु नेपाल सरकार (कृषि तथा वातावरण मन्त्रालयहरू) ICIMOD (International Centre for Integrated Mountain Development) LI-BIRD (Local Initiatives for Biodiversity, Research and Development) CCAFS (Climate Change, Agriculture and Food Security),विभिन्न स्थानीय निकायहरू र सामुदायिक संस्थाहरु समेत रहेको बताए।

May be an image of 4 people, people studying and text

कार्यक्रम पश्चात् उपलब्धि र प्रभावको बिषयमा कोइरालाले कृषकहरूको उत्पादनमा वृद्धि,जलवायु जोखिम न्यूनीकरण, दिगो जीवनशैलीको विकास,समुदायमा वातावरणीय चेतनाको विकास व्यापक भएको बताएका हुन। दुई दिने कार्यक्रमको समापन शस्त्रमा सहभागी सम्पुर्ण सरकारी तथा गैरसरकारी संघसंस्थाले जलवायुको नाकारात्मक असर बाट बच्न केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघले ल्याएको यस परियोजको कार्यन्वन गर्न हरेक संघसंस्थाले बजेट बिनियोजन गरी अगाडी बढ्नु पर्ने अतिआवश्यक रहेको धार्ना राखेका थिए।

May be an image of 2 people, people studying and text

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल नेवा: राष ...

काठमाडौं  - जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय मोर्चा 'नेवा: राष्ट्रिय समितिको ऐतिहास ...

माधोपुर र हरिनगरामा ...

लहान जेठ ३० । लहान नगरपालिका २१ अन्तर्गत माधोपुर तथा छिमेकी हरिनगरा क्षेत्रका स्थानीय बासिन्दा पछिल् ...

लक्ष्मीपुर पतारीदेखि ...

ओम प्रकाश यादव, लहान जेठ ३० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारीदेखि भौरसम्मको सडक स्तरोन्नतिको काम आज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१