उपेन्द्र यादवद्वारा तौलिहवामा जिल्ला अधिवेशनको उदघाटन

  • जेठ २३, २०८२
  • ६०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिवेशनको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।
कपिलबस्तुको तौलिहवामा प्रमुख वक्ताको रुपमा जसपा नेपालका अध्यक्ष यादवले पानसमा बालेर उद्घाटन गरेसँगै आजदेखि जिल्ला अधिवेशन सुरु भएको हो ।
पछिल्लो समय देशब्यापी रुपमा जसपा नेपालको संगठन निर्माण अधियानले तीब्रता पाएसँगै यो अधिवेशनबाट कपिलबस्तुको जनस्तरमा पुग्ने र संगठन बिस्तार अभियानलाई थप प्रभावकारी ढंगले उचाईमा लैजाने लक्ष्य लिइएको छ ।
‘संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद’ पार्टीका मूल नारासहित सुरु भएको जिल्ला अधिवेशनले संगठन सुदृढीकरण, नीति–रणनीति र स्थानीय नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
बाँके र बर्दियाको जिल्ला अधिवेशन उदघाटन सम्पन्न गरेर कपिलबस्तुको जिल्ला अधिवेशनको लागि अध्यक्ष यादवसहित जसपा नेपालको केन्द्रीय नेतृत्व शुक्रबार बिहान नेपालगञ्जबाट तौलिहवा पुगेको थियो ।
अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव लगायतका केन्द्रीय नेताहरु तौलिहवा अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
अधिवेशनमा जिल्लाका प्रतिनिधिहरू, स्थानीय नेताहरु, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो पार्टीका उम् ...

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा ...

नापी कार्यालयमा खुल ...

सिरहा १४ माघ । देशमा पार्दर्शिता, सुशासन, र भ्रष्टाचार विरुद्धको जेन्जी आन्दोलनमा ७० जेना भन्दा भढिक ...

मधेसीको पहिचान, स्वा ...

ओम प्रकाश यादव लहान माघ १४ । सिरहा निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (ज.स.पा.) नेपालका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१