Siraha Times
ताजा समाचार

जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टीको मधेस प्रदेश संसदीय दलको बैठक सम्पन्न

  • जेठ २३, २०८२
  • ७२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, जेठ/२३ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा आज पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा मधेस प्रदेश संसदीय दलको अनौपचारिक बैठक सम्पन्न भएको छ। बैठकमा हालको राजनीतिक अवस्था, जनताका समसामयिक समस्या समाधानका उपाय, तथा पार्टीको संगठनात्मक सुदृढीकरण लगायतका विषयमा गहन छलफल भएको पार्टी स्रोतले जनाएको छ। अध्यक्ष ठाकुरले बैठकलाई सम्बोधन गर्दै मधेसका जनताको अधिकार र समृद्धिका लागि पार्टी निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पारे। सांसदहरूबीच समन्वय, नीति निर्माणमा सहकार्य, तथा आगामी रणनीतिहरूका बारेमा समेत बैठकमा विचारविमर्श भएको थियो। बैठकले स्थानीय तहदेखि प्रदेशसम्म जनतामाझ पार्टीको उपस्थिति मजबुत पार्न सबै सदस्यलाई सक्रिय रुपमा लाग्न आह्वान गरेको छ। पार्टी स्रोतका अनुसार निकट भविष्यमा थप निर्णयहरू सार्वजनिक गरिने छन्।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१