ताजा समाचार

सिरहाका सिमावर्ती क्षेत्र लागू औषध को अखाडा बन्दै, बरियारपट्टीबाट एक पक्राउ

  • असार २१, २०७६
  • १९५४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सिरहा असार २१ । सिरहाको बरियारपट्टी बाट एक जनालाई लागुऔषध सहित नेपाल प्रहरीले पक्राउ गरेका छन । भारतको लदनियावाट जिरोमाईल जानेक्रममा बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ हवल्दार चौक स्थित सिटी रिक्सा लाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेको हो । इलाका प्रहरी कार्यालय बरियारपट्टी वाट खटिएको प्रहरी टोलिले जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० वस्र्ने चित्र विकको छोरा अन्दाजी वर्ष २० को खेमराज विक कालो झोलामा डाइजापाम ८ पिस, फेनरागन ९ पिस, नरफिन ९ पिस बरामद गरेका छन ।

लागुऔषध र विकलाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको प्रहरीले वताएका छन। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयको सिरहाको डिएसपि प्रवक्ता अपिलराज वोहराले वताएका छन । 'जुन जोगी आएपनी कानै चिरेको भने झै' जुन प्रहरी प्रमुख आएपनी सिरहाको अवस्था खासै नफेरिएको स्थानीयहरु बताउँछन् । सरुवा भएर आउने नयाँ जिल्ला प्रहरी प्रमुखहरुले शुरुमा आफ्नो जति बडाई गरेपनि तस्करी र लागुऔषध नियन्त्रण गर्ने सवालमा उल्लेखनीय प्रगति नगरेको यहाँका वासीहरुको ठहर छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤