Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका १३ वडाहरु बिच स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने सम्झौता

  • जेठ २२, २०८२
  • ९४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंन्जित चौरसिया वीरगंज २२ जेष्ठ। पर्साको भेडीयाही स्थित नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका १३ वटा वडाहरु बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । बुधबार अस्पतालको सभा हलमा वीरगंज महानगरपालिकाका १३ वटा वडाका वडा अध्यक्षहरू र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अंसारी बिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

स्वास्थ्य सम्झौता अन्तगर्त नेशनल मेडिकल कलेजले उपलब्ध गराउने स्वास्थ्य सुविधा तथा छुट यसप्रकार रहेको छ । ओपिडी टिकटमा २५ प्रतिशत , जेनरल बेड चार्जमा १५ प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा ५ प्रतिशत, जेनेरल लाप्रोस्कोपिक तथा इण्डो स्कोपिकमा ८ प्रतिशत, पयाथोलोजी जाँचमा १० प्रतिशत, यसैगरी भिडियो एक्सरे , एक्सरे, इसिजी, इन्डोस्कोपीमा ७ प्रतिशत, सिटीस्क्यान, एमआरआईमा ७ प्रतिशत, फार्मेसी ओपिडीमा १० प्रतिशत, फार्मेसी आईपिडीमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सो उपचार सेवा शुल्क छुट सुविधाका लागि सम्बन्धित वडा कार्यालयको लेटर पैडमा सिफारिस गरेको हुनुपर्ने छ । यसका साथै नेशनल मेडिकल कलेजले १३ वटै वडा कार्यालयहरुमा प्रत्येक तीन ( तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्नुको साथै रक्तदान कार्यक्रमको आयोजना समेत गर्ने सम्झौता भएको छ। 

आज भएको यो सम्झौता एक वर्षसम्म लागू रहने तथा आवश्कता अनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिने अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले जानकारी दिए । सम्झौता कार्यक्रममा वीरगन्ज महानगरपालिकाका अधिकांश वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । साथै वडा अध्यक्षहरुले आजको दिनलाई एतिहासिक दिनको रूपमा मानेका छन् । उनीहरूले आजदेखि गरीब, असहाय, मानिसहरूलें नेशनल मेडिकल कलेजमा उपचार गराउँदा सहज हुने र बिस्तारै सेवा सुविधालाई बढाउँदै जाने खुशी व्यक्त गरे ।

साथै अस्पतालका निदेशक डाक्टर ईसरत जहान अंसारीले आजको दिन हामी सबैको लागि एतिहासिक दिन रहेको बताईन। उनले अब सहर देखि गाउँसम्मका जन्ताले स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास व्यक्त गरेकी छिन्। सो अवसरमा अस्पतालका मार्केटिङ र एडमिसन डाइरेक्टर आबिद हुसेन, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डाक्टर केएन सिंह र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

अध्यक्षकै टोलको सडक ...

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हि ...

सिरहामा नेपाली कांग् ...

रहमुल लहान, २० असार । नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१