लुम्बिनीका तीन जिल्लाको अधिवेशन गराउन उपेन्द्र यादव नेपालगञ्जमा

  • जेठ २१, २०८२
  • ७७९ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं २१, जेष्ठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेतृत्व लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन सम्पन्न गराउन आज नेपालगञ्ज पुगेको छ ।

पश्चिम नेपालमा जसपा नेपालको बलियो किल्ला मानिएको बाँके जिल्लाको अधिवेशन सम्पन्न गराउन नेताहरु नेपालगञ्ज पुगेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । बुधबार बिहान अध्यक्षसहितका नेताहरु नेपालगञ्ज गएका हुन् ।
अधिवेशन समारोहको प्रमुख वक्ता रहेका अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सदस्य सिपी सिंह लगायतका केन्द्रीय नेतृत्व नेपालगञ्ज प्रस्थान गरेको हो ।

आज बाँके जिल्लाको एकताको प्रथम जिल्ला अधिवेशन हुँदैछ । दिउँसोदेखि सुरु हुने अधिवेशनको अध्यक्ष यादवले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनले जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेदेखि संगठनको आगामी योजना एवं कार्यदिशा तय गर्नेछ ।

यसैगरी, जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको प्रथम जिल्ला अधिवेशन भोलि २२ गते गुलरियामा हुँदैछ । २३ गते बिहिबार जसपा नेपाल कपिलबस्तुको जिल्ला अधिवेशन सम्पन्न गर्ने तय भएको छ । यी तीनवटै जिल्लाको अधिवेशनमा अध्यक्ष यादवसहितको केन्द्रीय नेतृत्व सहभागी हुने बताइएको छ । जसपा नेपाल अहिले देशब्यापी रुपमा जिल्ला अधिवेशन सम्पन्न गर्ने अभियानमा होमिएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

औषधी ऐन २०३५ को दफा ...

लहान मंसिर १६ । औषधि क्षेत्रका सरोकारवालाहरूले औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर्नुपर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१