Siraha Times
ताजा समाचार

लुम्बिनीका तीन जिल्लाको अधिवेशन गराउन उपेन्द्र यादव नेपालगञ्जमा

  • जेठ २१, २०८२
  • ९६६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं २१, जेष्ठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेतृत्व लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन सम्पन्न गराउन आज नेपालगञ्ज पुगेको छ ।

पश्चिम नेपालमा जसपा नेपालको बलियो किल्ला मानिएको बाँके जिल्लाको अधिवेशन सम्पन्न गराउन नेताहरु नेपालगञ्ज पुगेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । बुधबार बिहान अध्यक्षसहितका नेताहरु नेपालगञ्ज गएका हुन् ।
अधिवेशन समारोहको प्रमुख वक्ता रहेका अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सदस्य सिपी सिंह लगायतका केन्द्रीय नेतृत्व नेपालगञ्ज प्रस्थान गरेको हो ।

आज बाँके जिल्लाको एकताको प्रथम जिल्ला अधिवेशन हुँदैछ । दिउँसोदेखि सुरु हुने अधिवेशनको अध्यक्ष यादवले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनले जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेदेखि संगठनको आगामी योजना एवं कार्यदिशा तय गर्नेछ ।

यसैगरी, जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको प्रथम जिल्ला अधिवेशन भोलि २२ गते गुलरियामा हुँदैछ । २३ गते बिहिबार जसपा नेपाल कपिलबस्तुको जिल्ला अधिवेशन सम्पन्न गर्ने तय भएको छ । यी तीनवटै जिल्लाको अधिवेशनमा अध्यक्ष यादवसहितको केन्द्रीय नेतृत्व सहभागी हुने बताइएको छ । जसपा नेपाल अहिले देशब्यापी रुपमा जिल्ला अधिवेशन सम्पन्न गर्ने अभियानमा होमिएको छ ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१