Siraha Times
ताजा समाचार

लहान नगरप्रमुखद्वारा ४८ विपन्न गर्भवती महिलालाई पोषण प्याकेज वितरण

  • जेठ २०, २०८२
  • १५३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, जेठ २० । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले विपन्न तथा आर्थिक रूपमा कमजोर गर्भवती महिलाहरूलाई लक्षित गरी पोषण प्याकेज वितरण कार्यक्रमलाई निरन्तरता दिनुभएको छ। नगरप्रमुख चौधरीको नेतृत्वमा जेठ महिनामा वडा नम्बर २० का ४८ जना गर्भवती महिलाहरूलाई पोषण प्याकेज वितरण गरिएको हो। ‘स्वस्थ आमा, स्वस्थ शिशु’ भन्ने मुल नाराका साथ सञ्चालन गरिएको यो कार्यक्रम चौधरी नगरप्रमुखमा निर्वाचित भएदेखि नै निरन्तर चलिरहेको छ। मातृ मृत्युदर घटाउने, कुपोषण न्यूनीकरण गर्ने र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यस कार्यक्रमको थालनी गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो। वितरण गरिएको पोषण प्याकेजमा १० किलो चामल, २ किलो दाल, १ किलो नुन, १ किलो मटर र १ लिटर तेल समावेश गरिएको छ। प्याकेज तयार गरी प्रत्येक महिनामा नगरपालिकाका फरक–फरक वडामा वितरण गरिने गरिएको छ।

वडा नम्बर १ बाट सुरु गरिएको यो कार्यक्रम क्रमशः २४ नम्बर वडासम्म पुर्‍याएर फेरि वडा नम्बर १ बाट दोहोर्याइन्छ। यसरी एक वर्षभित्र १२ वटा वडाका महिलाहरूलाई पोषण सामग्री प्रदान गरिन्छ। बाँकी १२ वडाका महिलालाई अर्को वर्ष कार्यक्रममार्फत समेट्ने गरिएको नगरपालिकाले जानकारी दिएको छ। कार्यक्रमका दौरान लाभग्राही महिलाहरूले नगरप्रमुख चौधरीप्रति आभार प्रकट गरेका थिए। उनीहरूले यस्तो कार्यक्रमले गर्भावस्थामा आवश्यक पोषण प्राप्त गर्न सहयोग पुगेको अनुभव सुनाएका थिए। स्वास्थ्य तथा सामाजिक न्यायलाई प्राथमिकता दिने जनप्रतिनिधिको प्रतिबद्धता अनुसार आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी रहेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१