Siraha Times
ताजा समाचार

सलहेश फुलबारी संरक्षणको माग गर्दै पासमान समुदायद्वारा लहानमा बृहत विरोध प्रदर्शन

  • जेठ १६, २०८२
  • १००३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, १६ जेठ । सिराहा र सप्तरी जिल्लाका पासमान समुदायका अगुवाहरूले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सलहेश फुलबारीको संरक्षणको माग गर्दै शुक्रबार लहानमा बृहत र्यालीसहित विशेष विरोध प्रदर्शन गरेका छन्। सलहेश पासमान समाज लहानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कोणसभा समेत आयोजना गरिएको थियो, जसमा दुबै जिल्लाका प्रमुख राजनीतिक, सामाजिक र बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कोणसभाको अध्यक्षता मनोज पासमानले गरेका थिए भने कार्यक्रममा पूर्व राष्ट्रिय सभा उपाध्यक्ष रामपृत पासमान प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा महेन्द्र पासमान, गंगा पासमान, अभिभावक चन्देश्वर पासमान, संस्थापक अध्यक्ष दुखी पासमान लगायत अन्य अतिथिहरूमा सत्यनारायण पासमान, केवल पासमान, देवनाथ पासमान, छेदीलाल पासमान, सियाराम पासमान, जीवन पासमान लगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सिराहा र सप्तरी जिल्लाका सम्पूर्ण पासमान राजनीतिकर्मी, बुद्धिजीवी तथा समुदाय अगुवाहरूको सहभागिता देखिएको थियो। कोणसभा र र्यालीमार्फत उनीहरूले प्रदेश सरकार र मुख्यमन्त्री सतीशकुमार सिंहविरुद्ध खबरदारी गर्दै सलहेश फुलबारीको संरक्षणको माग दोहोर्याएका थिए। विरोधको केन्द्रमा सलहेश फुलबारी नजिकै निर्माणाधीन भीमराव अम्बेडकर पार्क प्रदर्शनकारीहरूको मुख्य आक्रोश सलहेश फुलबारी नजिकै डा. भीमराव अम्बेडकर पार्क निर्माण गर्न लागिएको विषयमा केन्द्रित थियो। उनीहरूले यस कदमलाई ऐतिहासिक स्थलमाथिको प्रत्यक्ष हस्तक्षेपका रूपमा चित्रित गर्दै कडा आपत्ति जनाए।

मुख्यमन्त्री सिंहले स्थानीय जनभावनाको बेवास्ता गर्दै जबरजस्ती शिलान्यास गरेको भन्दै समुदायमा असन्तुष्टि झनै चुलिएको जनाइएको छ। "हामी अम्बेडकरप्रति श्रद्धा गर्छौं, तर..." जनता समाजवादी पार्टी नेपालका नेता चन्देश्वर पासमानले विरोध सभामा सम्बोधन गर्दै भने, "सलहेश फुलबारी हाम्रो पहिचान, इतिहास र अस्तित्वसँग जोडिएको स्थल हो। यसमा राज्यको अनुचित हस्तक्षेप स्वीकार्य छैन। प्रदेश सरकारले यथाशीघ्र उक्त निर्णय फिर्ता लिनुपर्छ।" वक्ताहरूले डा. अम्बेडकरको विचार र योगदानप्रति सम्मान व्यक्त गर्दै भने, "हामी उहाँप्रति श्रद्धा राख्छौं, तर त्यसको बहानामा सलहेश फुलबारीको मौलिकता नष्ट गर्नु अन्यायपूर्ण छ।" उनीहरूले प्रदेश सरकारलाई वैकल्पिक स्थानमा अम्बेडकर पार्क निर्माण गर्न आग्रह गरे।

आन्दोलन अझ तीव्र पारिने चेतावनी कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि पासमान समुदायले आन्दोलनलाई अझ तीव्र बनाउने चेतावनी दिएको छ। उनीहरूले प्रदेश सरकारलाई जनभावना बुझ्न र आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्दै अन्यथा कडा संघर्षका कार्यक्रम अघि बढाइने जनाएका छन्। सलहेश फुलबारी: धार्मिक आस्था, सामाजिक एकता, परम्परा र सांस्कृतिक गौरवको प्रतीक मानिने सलहेश फुलबारी सिराहा र सप्तरीवासीका लागि मात्र नभई सम्पूर्ण मधेश क्षेत्रकै साझा सम्पदा हो। यसप्रति सरकार गम्भीर नबनेमा दीर्घकालीन असन्तुष्टि पैदा हुने भन्दै समुदायले स्पष्ट चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१